काठमाडौं २२ असोज । तेज नेपाल
पछिल्लो समय टिकटकमा हेन्सम मामाको नामले चर्चामा रहेका गोरखाका सागर अन्सारी भोजपुरी चलचित्र हुँदै बलिउड फिल्मी उद्योगमा प्रवेश गर्दैछन् । मोफलमा रहेर पनि सिरियलहरु निर्माण र अभिनय गर्दै आइरहेका उनको ५० भागको ‘आयो २१ तोप’ सिरियन निर्माणधिन अवस्थामा रहेको छ । सिरियलको निर्देशन लक्ष्मण नेपालले गर्ने भएका छन् ।
कलाकार अन्सारीले नेपाल चलचित्र कलाकार संघको अध्यक्ष उत्तम केसीलाई संघको कार्यकक्षमा भेटी आगामी प्रोजेक्टको बारेमा जानकारी गराएका छन् । भेटमा रायसल्लाह लिएको र अध्यक्ष केसीले समय अनुकूल पारेर नयाँ काम सुरु गर्न र आफुले पनि सकेको सहयोग गर्ने प्रतिबध्दता व्यक्त गर्नुभएको कलाकार अन्सारीले जनाएका छन् ।
कलाकार अन्सारीले कालापानी, ग्याङ लिडर, यति धेरै मायाँ, यस्तो पनि हुन्छ र मायाँ, तिम्रो मेरो प्रेम कहानी लगायतका चलचित्रमा खलपात्रको रुपमा काम गरिसकेका छन् ।
