काठमाडौ, मंसिर ५ । तेज नेपाल

नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आफूलाई नेपाल प्रहरीको प्रहरी महानिरीक्षक पदबाट अन्यायपूर्ण ढङ्गले हटाइएको भन्दै गत कात्तिक १९ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए।
तर न्यायको अन्तिम आशा बोकेर अदालत पुगेका निवेदकले न्यायिक प्रक्रियाको सुरुवातमै अनेकौँ अवरोध र विलम्बको सामना गर्नुपरेको घटनाक्रम सार्वजनिक भएका छन्। रिट दर्तादेखि अदालतको म्याद तामेली प्रक्रियासम्म देखिएका घटनाले न्यायपालिकाको स्वतन्त्रता, राज्यका निकायहरूको जवाफदेहिता र सरकारको लोकतान्त्रिक चरित्रमाथि गम्भीर प्रश्न खडा गरेका छन्।

( कात्तिक १९ गते स् रिट निवेदन दायर। कार्कीले आफूलाई प्रहरी महानिरीक्षकको पदबाट हटाइएको निर्णयलाई अन्यायपूर्ण ठहर गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ताका लागि पेस गरे।

तर निवेदन तत्काल दर्ता भएन। अध्ययनका नाममा प्रक्रिया अघि बढाउन ढिलाइ गरियो। कात्तिक २० गते मात्र निवेदन दर्ता भयो।
यसबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सल्लाहकार तथा सहयोगीहरू रिट दर्ता रोक्ने उद्देश्यले सर्वोच्च अदालत पुगेको भन्ने विषयसमेत सार्वजनिक भयो। यदि यस्तो हस्तक्षेप भएको हो भने यो न्यायिक प्रक्रियामाथि कार्यकारी प्रभाव पार्ने गम्भीर प्रयास हो।

( रिट दर्तापछि स् सुनुवाइ तिहारपछि। निवेदन दर्ता भए पनि तत्काल सुनुवाइको अवसर प्राप्त भएन। पेसी तिहारपछि सारियो। न्यायका लागि अदालतको शरणमा पुगेको व्यक्तिले न्यायिक निरूपणका लागि नै लामो प्रतीक्षा गर्नुपर्ने अवस्था सिर्जना भयो।

प्रश्न स्वाभाविक छ( न्यायको ढोका ढकढक्याउन पुगेको पीडितको समय, मानसिक अवस्था र व्यक्तिगत प्रतिष्ठामाथि परेको आघातको जिम्मेवारी कसले लिनेरु न्यायमा हुने ढिलाइले पीडितलाई थप पीडा दिन्छ भने त्यसको क्षतिपूर्तिको नैतिक र संस्थागत जवाफदेहिता कसको हुन्छ ।

( कात्तिक ३० गते सार्वजनिक बिदा र सुनुवाइ प्रभावित भएको प्रश्न। सरकारले छठ पर्वका अवसरमा कात्तिक ३० गते सार्वजनिक बिदा दिएको थियो। तर उक्त बिदाको निर्णयले कार्कीको मुद्दाको सुनुवाइलाई प्रभावित पारेको थियो कि थिएन भन्ने प्रश्न पछिल्ला घटनाक्रमसँग जोडिएर उठेको छ।

सार्वजनिक बिदाको औचित्यभन्दा पनि त्यसको समय र सम्बन्धित मुद्दाको न्यायिक प्रक्रियामा परेको प्रभावबारे निष्पक्ष जवाफ आउनु आवश्यक छ।

( मंसिर २ गते स् सर्वोच्च अदालतमा सुनुवाइ। लामो प्रतीक्षापछि कार्कीको रिटमा सर्वोच्च अदालतको एकल इजलासमा सुनुवाइ भयो। अन्तरिम आदेशको विषयमा तत्काल निष्कर्ष ननिस्किएपछि दुवै पक्षसँग छलफल गर्ने प्रक्रिया अघि बढाइयो।

तर यस प्रक्रियाको समयावधि र न्यायिक निरूपणमा भएको विलम्बलाई लिएर नागरिक वृत्त तथा कानुन व्यवसायीहरूमा विभिन्न प्रश्न र आशंका उत्पन्न भएका छन्। न्यायालयले स्वतन्त्र र निर्भीक रूपमा निर्णय गर्न सक्ने वातावरण सुनिश्चित गर्नु राज्यका सबै निकायको दायित्व हो।

( मंसिर ३ गते स् सम्बन्धित सरकारी निकायलाई उपस्थित हुन आदेश। सर्वोच्च अदालतले अन्तरिम आदेशका विषयमा छलफल गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई उपस्थित हुन आदेश दियो। यो न्यायिक प्रक्रियाको स्वाभाविक चरण थियो, जसको सम्मान र कार्यान्वयन गर्नु सम्बन्धित निकायको कानुनी दायित्व हो।

मंसिर ४ गते सर्वोच्च अदालतको आदेशअनुसार म्याद तामेली गर्न पुगेका अदालतका कर्मचारीलाई प्रहरी प्रधान कार्यालयमा म्याद बुझाउन कठिनाइ भएको समाचार सार्वजनिक भयो।

प्रहरी महानिरीक्षक डा. मनोज केसीको नाममा जारी म्याद बुझाउन पुगेका कर्मचारीलाई भाषा नमिलेको लगायतका कारण देखाउँदै आईजीपीको सचिवालयले म्याद बुझ्न अस्वीकार गरेको बताइएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले समेत म्याद बुझ्न अस्वीकार गरेको समाचार सार्वजनिक भएको छ। यी विषय सम्बन्धित निकायबाट स्पष्ट पारिनु आवश्यक छ। अदालतको आदेशअनुसार उपस्थित हुनुपर्ने निकायले म्याद तामेलीमै असहयोग गर्छ भने त्यसले न्यायिक प्रक्रियाको प्रभावकारितामाथि गम्भीर प्रश्न उठाउँछ।

सर्वोच्च अदालतको आदेशसमेत पालना गर्न अनिच्छुक देखिने प्रहरी नेतृत्व कस्तो नेतृत्व होरु न्यायालयको आदेशप्रति नै यस्तो अवज्ञाकारी मानसिकता राख्ने प्रहरी नेतृत्वले नागरिकलाई न्याय, सुरक्षा र सुशासनको प्रत्याभूति दिन सक्छ कि उल्टै न्याय र सुशासनको मार्गमा बाधक बन्न पुग्छरु

जुन प्रहरी नेतृत्व आफैँ कानुनी शासन र न्यायिक आदेशप्रति उत्तरदायी देखिँदैन, त्यस्तो नेतृत्वबाट नागरिकले विधिको शासन, निष्पक्षता र न्यायको अपेक्षा कसरी गर्नेरु आखिर नागरिकले प्रहरी संगठनमाथि विश्वास गर्ने आधार के रहन्छ । प्रहरी नागरिकको भरोसाको संस्था हो, सत्ताको स्वार्थ रक्षा गर्ने संयन्त्र होइन। प्रहरी नेतृत्वले नै कानुन र न्यायालयको सम्मान गर्दैन भने नागरिकले प्रहरीबाट न्याय, निष्पक्षता र सुशासनको आशा कसरी गर्ने दुईतिहाइको दम्भले न्यायालयभन्दा माथि हुन पाइन्छ । यी घटनाक्रमलाई अलग(अलग प्रशासनिक घटना मानेर पन्छाउन सकिँदैन। रिट दर्तामा भएको विलम्ब, सुनुवाइ पछाडि सर्नु, सार्वजनिक बिदाले पारेको प्रभाव, सुनुवाइपछिको प्रक्रिया र अदालतको म्याद तामेलीमा देखिएको असहयोग(यी सबै विषयलाई समग्रतामा हेर्दा न्यायिक प्रक्रियालाई सहज र निष्पक्ष रूपमा अघि बढ्न नदिइएको हो कि भन्ने गम्भीर आशंका उत्पन्न हुन्छ। लोकतन्त्रको आधार भनेकै कानुनी शासन, संस्थागत मर्यादा, पारदर्शिता र शक्ति पृथकीकरण हो। दुईतिहाइ बहुमत प्राप्त गर्दैमा सरकारलाई राज्यका सबै संस्थामाथि आफ्नो नियन्त्रण स्थापित गर्ने वा न्यायिक प्रक्रियालाई आफ्नो अनुकूल सञ्चालन गर्न खोज्ने अधिकार प्राप्त हुँदैन। के बहुमतको राजनीतिक शक्तिका आधारमा अन्तर्राष्ट्रिय कानुनी मूल्य, मान्यता र लोकतान्त्रिक मर्यादाका सीमासमेत उल्लङ्घन गर्न मिल्छ ।
यस मुद्दासँग जोडिएर राष्ट्रिय स्वतन्त्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *