काठमाडौ, मंसिर ३ । तेज नेपाल

औधोगिक शान्ति नेपाल संस्था तथा मातातिर्थ संरक्षण विकास संस्थान समितिको आयोजनामा भएको तेस्रो चन्द्रागिरी तिहार सांस्कृतिक तथा व्यापार महोत्सव २०८३ सभ्य भव्य रुपमा सम्पन्न भएको छ । थुप्रै चर्चित राष्ट्रिय कलाकारहरुको प्रस्तुती संगै कात्तिकको १३ गते देखि ३० गतेसम्म भएको महोत्सवमा थुप्रै घरायसी तथा दैनिक जिवनमा उपयोगी हुने सामान, लत्ताकपडा लगायतको १५० भन्दा बढी स्टलहरु राखिएलो थियो ।

महोत्सवमा खुल्ला नृत्य प्रतियोगिता पनि आयोजना गरिएको थियो । स्थानीय क्षेत्र रहेका प्रतिभाहरुको पहिचान तथा प्रोत्साहन गर्ने उद्देश्यले गरिएको उक्त प्रतियोगिताको ग्राण्ड फिनालेमा रोहित श्रेष्ठले प्रथम स्थान हासिल गरेका छन भने सुज्याङ वाईबाले दोश्रो, ज्यास्मिन श्रेष्ठ तेश्रो, अबिरा खनाल र अदिती बराल चौथो र सञ्जिता तामाङ्गले पाँचौ स्थान हासिल गर्न सफल भएका छ्न । विकास रिमाललाई आयोजकको तर्फबाट अर्गनाईजर च्वाइस र पब्लिक च्वाईस अन्तरगर्त विशेष पुरस्कारबाट सम्मान गरिएको थियो । उक्त नृत्य प्रतियोगिताको मुख्य निर्णायकको भुमिका गायक तथा सञ्चारकर्मी सुमन कुमार श्रेष्ठ र कोरियोग्राफर रोमा श्रेष्ठले गर्नु भएको थियो ।

औधोगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मातातिर्थ बिकास संस्था समितिका अध्यक्ष तथा समाजसेवी शान्त उदास प्रमुख अतिथि हुनुहुन्थ्यो भने कार्यक्रम दुवै आयोजक संस्थाका सबै प्रतिनिधि तथा सदस्यहरुल लगायत दर्शक तथा अवलोकनकर्ताको बाक्लो उपस्थिति रहेको थियो । सम्पुर्ण बिजेता तथा सहभागीहरु निर्णायक, कलाकारहरु लगायतलाई सबैले एक्मुष्ट रुपमा पुरस्कार प्रदान गर्नु भएको थियो ।

कार्यक्रमको सञ्चालन रमेश श्रेष्ठ शिशिर र बिनोद लामाले संयुक्त रुपमा गरेका थिए ।

अबको आउने वर्षमा अझै उत्कृष्ट ढंगले येस्तै खालको मेला महोत्सव गर्दै जाने कुरा दुवै आयोजक संस्थाका अध्यक्षले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *