काठमाडौ, मंसिर ५ । तेज नेपाल
काठमाडौंको धर्मपथ, न्युरोडबाट टिस्टुङ–पालुङ भिन्तुना यात्रामा निस्किएको न्हुसा ल्यायम्ह पुचःको यात्राटोलीलाई चन्द्रागिरि नगरपालिका–५ स्थित किसिपिडीमा भव्य स्वागत गरिएको छ।

२ दिनको लामो यात्रा पछि मंसिर ५ गते किसिपिडी आइपुगेको यात्राटोलीलाई किसिपिडी युथ क्लबले नेवारी परम्परा अनुसार भव्य लसकुस (स्वागत) गरी आत्मीय स्वागत गरेको हो । यात्राको उद्देश्य नेवारी संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्नु रहेको न्हुसा ल्यायम्ह पुचःका अध्यक्षले बताउनुभयो ।

हाम्रो संस्कति हाम्रो परम्परा भन्ने मुल नारालाई आत्मसात गर्दै किसिपिडी युथ क्लबका युवा अध्यक्ष प्रबिन महर्जनलाई उक्त टोलीले मायाको चिनो समेत प्रदान गरेको थियो ।

कार्यक्रममा उक्त टोलीलाई स्वागत गर्न नेवारी परम्परागत बाजा सहितको टोली, क्लबका अन्य सदस्य लगायत स्थानीयको पनि बाक्लो उपस्थिति रहेको थियो । चन्द्रागिरीकै नमुना क्लबको रुपमा रहेको किसिपिडी युथ कलबले अहिलेसम्म सांस्कृतिक कार्यक्रम, कलाकार सम्मान, राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका खेल प्रतियोगिता लगायतका विभिन्न कार्यक्रम आयोजना गरिसकेको र भविष्यमा पनि अझै यस्तै कार्यक्रम गरि अझै राम्रोसंग अगाडि बढ्ने कुरा क्लबका अध्यक्ष प्रबिन महर्जनले जानकारी गराउनु भयो ।


फोटो : प्रविण महर्जन
