काठमाडौ, मंसिर ३ । तेज नेपाल
नेपालमा सुनको मूल्य प्रतितोला ७८ हजार ४ सय रुपैयाँले घटेर २ लाख ६० हजार ९ सय रुपैयाँमा झरेको छ। विगत १० महिनामा ३ लाख भन्दा माथी पुगेर रेकर्ड बनाईसकेको सुनको भाउ घटेर अहिले यो अवस्थासम्म पुगेको हो ।
अमेरिकी ब्याजदर बढ्ने सम्भावना, डलरको विनिमय दर र अन्तर्राष्ट्रिय राजनीतिक प्रभाव कमजोर हुँदा १० महिनाको अन्तरालमा सुनको मूल्य घटेको व्यवसायीहरूको भनाइ छ। यी कारणहरू यथावत् रहे अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ५ सय डलरसम्म र नेपालमा प्रतितोला २ लाख ५० हजार रुपैयाँसम्म पुग्न सक्ने अनुमान गरिएको छ।
