काठमाडौं, २२ असोज । तेज नेपाल

‘मिस एन्ड मिसेस नेपाल इन्टरनेसनल वर्ल्ड २०२६’का विजेताले नेपालको प्रतिनिधित्व गर्दै थाइल्य़ाण्डमा आयोजना हुन लागेको एक अन्तर्राष्ट्रिय ब्य़ुटि प्याजेन्टमा सहभागी हुने अवसर पाएका छन ।

सामरी इन्टरनेसनल इभेन्ट प्रालिको आयोजनामा श्रावण १६ गते राष्ट्रिय नाचघर, जमलमा सम्पन्न भएको प्रतियोगितामा ४७ वर्षीया सुमित्रा श्रेष्ठ (रोजि) ले ‘मिसेस नेपाल इन्टरनेसनल वर्ल्ड २०२६’ को उपाधि जितेकी हुन। गायिका तथा व्यवसायी समेत रहेकि श्रेष्ठले थाइल्यान्डमा हुने मिसेस क्लासिक एसिया इन्टरनेसनल पेजेन्टमा नेपालको प्रतिनिधित्व गर्दैछिन्। यो अवसर पाएकोमा आयोजक, परिवार लगायत सम्पुर्ण्प्रति आफु कृतज्ञता रहेको तेजनेपालाई बताइन ।

त्यस्तै ४३ वर्षीय फर्स्ट रनरअप कल्पना प्रसाईं (कामना) र ४८ वर्षिया थर्ड रनरअप गंगा न्यौपाने राउत (गम्भीर गंगा) पनि उक्त कार्यक्रमको लागि नेपालको प्रतिनिधित्व गर्द सहभागिता जनाउने भएका छन । सामाजिक अभियन्ता समेत रहेकि कल्पना प्रसाई र एलएलबी अध्ययनरत साथै विभिन्न संघसंस्थामार्फत एक शिक्षित तथा सामाजिक रूपमा एक सचेत महिलाको समेत भुमिका निर्वाह गर्दै आएकि राउतले समेत नेपालको प्रतिनिधित्व गर्दै मिसेस एसिया इन्टरनेसनल पेजेन्ट, थाइल्यान्डमा नेपालको प्रतिनिधित्व गर्ने भएका छन् ।

नेपालमा आयोजित ‘मिसेस नेपाल इन्टरनेसनल वर्ल्ड २०२६’ प्रतियोगिताको आयोजक सामरी इन्टरनेसनल इभेन्ट तथा सामरी ग्रुपका सीईओ भरत सामरीले गरेका थिए। ३३ वर्षे सामरी गायक, र्र्यापर सामजिक अभियन्ता तथा कार्यक्रम आयोजक रुपमा सक्रिय छन भने उनले नै यस अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभगी लगायतको नेतृत्व गर्दैछन ।

नेपालमा आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय फेसन कोरियोग्राफर रोजिन शाक्यसहित विभिन्न क्षेत्रका कोरियोग्राफर तथा विभिन्न फेसन डिजाइनरको सहभागिता रहेको थियो।

प्रतियोगिता सौन्दर्यमा मात्र केन्द्रित नभई महिलाको आत्मविश्वास, व्यक्तित्व, प्रतिभा, नेतृत्व क्षमता र सामाजिक पहिचानलाई प्राथमिकता दिँदै नेपाली महिलालाई अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने अवसर साथै नेपाली संस्कृति, प्रतिभा, फेसन र महिला सशक्तीकरणलाई विश्वसामु पुर्‍याउने उद्देश्य राखेको आयोजक तथा सामरी इन्टरनेसनल इभेन्टका सिइओ भरत सामरीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *