काठमाडौं, भाद्र ४ । तेज नेपाल

नेपालको अग्रणी अटोमोबाइल प्रदर्शनी ‘नाडा अटो शो २०२६’ आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गर्ने प्रदर्शनीको शीर्ष प्रायोजकमा एचपी लुब्रिकेन्ट्स रहेको छ।

करिब ३ लाख वर्गफुट क्षेत्रफलमा आयोजना हुने प्रदर्शनीमा साना–ठूला गरी २०० भन्दा बढी स्टल रहनेछन्। प्यासेन्जर कार तथा एसयूभीका २३ ब्रान्ड, लाइट कमर्सियल भेहिकलका १७ ब्रान्ड, दुईपांग्रे सवारीका १३ ब्रान्ड तथा वित्तीय तथा बीमा सेवाका १० प्रदायकसहित अटोमोबाइल पार्टपुर्जा, टायर, लुब्रिकेन्ट्स, एक्सेसरिज र ग्यारेज उपकरणका ७० स्टल रहने आयोजकले जनाएको छ।

रोबोटदेखि नयाँ प्रविधिसम्म आकर्षण

यस वर्षको प्रदर्शनीमा G1 Humanoid Robot र Go2 Quadruped Robot प्रमुख आकर्षणका रूपमा रहनेछन्। साथै, ‘Made in Nepal / Made for Nepal Pavilion’ मार्फत नेपालमै उत्पादन तथा विकास गरिएका सवारीसाधन, बाइक, ब्याट्री, हेल्मेट तथा अन्य कम्पोनेन्टको प्रवर्द्धन गरिनेछ।

विभिन्न ब्रान्डका नयाँ मोडल सार्वजनिक तथा प्रदर्शन गरिनुका साथै स्मार्ट मोबिलिटी, दिगो यातायात, कनेक्टिभिटी, सुविधा र सुरक्षा लगायतका विषयमा सिम्पोजियमसमेत आयोजना गरिनेछ।

दर्शकको सहजताका लागि मिडिया डेस्क, ट्राफिक सूचना डेस्क, क्याफेटेरिया, आपत्कालीन स्वास्थ्य सेवा, सीसीटीभी निगरानी, आगलागी नियन्त्रण तथा पार्किङ व्यवस्थापनको व्यवस्था गरिने आयोजकले जनाएको छ।

दर्शकको सहजताका लागि मिडिया डेस्क, ट्राफिक सूचना डेस्क, क्याफेटेरिया, आपत्कालीन स्वास्थ्य सेवा, सीसीटीभी निगरानी, आगलागी नियन्त्रण तथा पार्किङ व्यवस्थापनको व्यवस्था गरिने आयोजकले जनाएको छ।

छ दिनसम्म चल्ने प्रदर्शनीमा करिब २ लाख आगन्तुक सहभागी हुने अपेक्षा गरिएको छ। नाडाले अटोमोबाइल प्रेमी, व्यवसायी, व्यावसायिक प्रतिनिधि, सञ्चारकर्मी तथा सर्वसाधारणलाई प्रदर्शनी अवलोकन गर्न आग्रह गरेको छ।

नाडा अटो शो २०२६ मा शिखर इन्स्योरेन्स, क्याम्पा, जीआई चार्जर, द प्लाजा, खल्ती बाई आईएमई, याङ्गो, वर्ल्डलिंक, अल्का हस्पिटल र द बेकरी क्याफेलगायत विभिन्न संस्थाले साझेदारी गरेका छन्। कार्यक्रम व्यवस्थापन ग्लोबल एक्स्पोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेस (GEMS) ले गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *