काठमाडौ, भाद्र ७ | तेज नेपाल
बालबालिका तथा किशोर–किशोरीहरूको प्रतिभा, आत्मविश्वास र व्यक्तित्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने उद्देश्यले आयोजना गरिएको जुनियर सुपर मोडल इन्टरनेशनल नेपाल २०२६ को ट्यालेन्ट राउन्ड भव्य रूपमा सम्पन्न भएको छ।

भदौ ६ गते ललितपुरको इमाडोलस्थित आगन पार्टी प्यालेसमा सम्पन्न ट्यालेन्ट राउन्डमा सहभागी प्रतियोगीहरूले गायन, नृत्य, कला तथा विभिन्न सिर्जनात्मक प्रतिभा प्रस्तुत गर्दै आफ्नो क्षमता प्रदर्शन गरेका थिए ।

प्रतियोगीहरूको प्रतिभा र प्रस्तुतिको मूल्याङ्कन गर्न मनोरञ्जन, फेसन, सञ्चार माध्यम तथा सौन्दर्य प्रतियोगिताका क्षेत्रमा सक्रिय व्यक्तित्वहरू सम्मिलित निर्णायक मण्डल रहेको थियो। निर्णायकमा मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड २०२६ की तेस्रो रनरअप गंगा न्यौपाने, सञ्चारकर्मी तथा गायक सुमन कुमार श्रेष्ठ, मिस नेपाल इन्टरनेशनल वर्ल्ड २०२६ की प्रथम रनरअप नुमा फुङ सुब्बा, फेसन डिजाइनर सञ्जिता बराल, नृत्य कोरियोग्राफर रिना श्रेष्ठ तथा र्यापर एवं सामरी इन्टरनेशनलका सिइयो भरत सामरी रहेका थिए।

कार्यक्रमको सञ्चालन मिस एन्ड मिसेस नेपाल इन्टरनेशनलकी भ्युअर्स च्वाइस विजेता तीर्थकुमारी मगर तथा फेसन कोरियोग्राफर अर्शु महर्जनले गरेका थिए। विशेष अतिथिका रूपमा रोजी श्रेष्ठ र रोशन श्रेष्ठको उपस्थिति रहेको थियो।
कार्यक्रमको आधिकारिक फोटोग्राफी तथा भिडियोग्राफी एनसीए फोटो स्टुडियोको क्यामेरा टोलीका सञ्जय श्रेष्ठ, विजय मुनीकार र सुजन कपालीले गरेका थिए।

२३ जना फाइनलिस्ट ग्रान्ड फिनालेमा
ट्यालेन्ट राउन्डपछि स्वदिक्ष्या बस्नेत, गंगा सुनुवार, जीनियस प्रसाईं, सृजल नापित, युबिया महर्जन, आयुषा थारू, अस्मिता ठाकुर, विद्या खत्री, युनिक धामी, स्वीकृति महर्जन, आयाना राई, एन्जेलिना राई, अंकित भण्डारी, अनमोल परियार, अनन्या पुरी, सुम्निमा राई, प्रणिता गौतम, प्रवाणी गौतम, प्रगति आचार्य, अंशु भण्डारी, सोनी तामाङ, सृष्टि तामाङ र प्रशंसा रिजाल गरी २३ जना प्रतियोगी ग्रान्ड फिनालेमा प्रवेश गरेका छन्।
प्रतियोगिताको ग्रान्ड फिनाले आगामी शनिबार, भदौ १३ गते राष्ट्रिय सभा गृह, काठमाडौंमा आयोजना हुने भएको छ । फाइनलमा २३ जना प्रतियोगीले आफ्नो अन्तिम प्रस्तुति, आत्मविश्वास, व्यक्तित्व तथा सुपरमोडल क्षमता प्रस्तुत गर्नेछन्।
सामरी इन्टरनेशनलको आयोजनामा भइरहेको यो प्रतियोगिता केवल सौन्दर्य तथा फेसन प्रतियोगितामा सीमित नभई बाल प्रतिभा, सिर्जनशीलता, आत्मविश्वास र नयाँ पुस्ताका सपनालाई मञ्च प्रदान गर्ने विशेष अभियानका रूपमा अघि बढाइएको आयोजकले जनाएको छ।
ग्रान्ड फिनालेमा सहभागी हुने सम्पूर्ण २३ जना फाइनलिस्टलाई आयोजकले शुभकामना व्यक्त गरेको छ।
