काठमाडौं, भाद्र १ । तेज नेपाल

राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडको सहायक कम्पनी हेलो सर्भिस नेपालले काठमाडौंको माछापोखरीस्थित बुद्धमलमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। कम्पनीले छिटो, भरपर्दो र विश्वासिलो लजिस्टिक्स सेवा विस्तार गर्ने उद्देश्यले शाखा सञ्चालनमा ल्याएको जनाएको छ।

लोकप्रिय गायिका तथा ‘रमणी बाई एलेना’की अध्यक्ष एलिना चौहानको प्रमुख आतिथ्य तथा राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडका अध्यक्ष विशाल हुमागाईंको अध्यक्षतामा शाखाको उद्घाटन गरिएको हो। उद्घाटन समारोहमा हेलो सर्भिस नेपालका अध्यक्ष मोहनप्रसाद तिमल्सिना, देवकी सञ्जेल, बसन्त खत्री, अञ्जन भट्टराई, रविन्द्रकुमार पजियार, पवनकुमार सिंह तथा प्रतीक अधिकारीलगायतको उपस्थिति थियो।

त्यसैगरी कार्यक्रममा चर्चित र्‍याप कलाकार निर्णय श्रेष्ठ, सामाजिक सञ्जाल प्रभावकर्ता सम्राट अधिकारी, विष्णु बराल, सुदीप सापकोटा, नेपाल मेला महोत्सव संघका पूर्वअध्यक्ष सन्दीप महत, रामकृष्ण महर्जन, लक्ष्मण महर्जन तथा शेखर वाग्ले, गायक तथा सञ्चारकर्मी सुमन कुमार श्रेष्ठ लगायत अतिथिहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा हेलो सर्भिस नेपालसँग आबद्ध विक्रेताहरूले कम्पनीको सेवा छिटो, प्रभावकारी र भरपर्दो रहेको अनुभव सुनाउँदै आगामी दिनमा समेत सिफारिस गर्ने बताए।

हेलो सर्भिस नेपालका मार्केटिङ तथा एक्स्पान्सन प्रमुख प्रतीक अधिकारीले ग्राहकलाई गुणस्तरीय र विश्वासिलो सेवा दिने लक्ष्यसहित कम्पनी अघि बढिरहेको जानकारी दिँदै न्युरोडमा समेत छिट्टै नयाँ शाखा सञ्चालन गर्ने योजना रहेको बताउनुभयो।

प्रमुख अतिथि एलिना चौहानले कम्पनीलाई शुभकामना दिँदै ‘रमणी बाई एलेना’ पनि हेलो सर्भिस नेपालको विक्रेता रहेको र सेवाबाट आफू सकारात्मक रहेको बताउनुभयो।

सातदोबाटोमा प्रधान कार्यालय तथा कलंकीमा वेयरहाउस रहेको हेलो सर्भिस नेपालले एनबीटीसी कलंकीबाट समेत सेवा दिँदै आएको छ। बुद्धमल शाखा सञ्चालनसँगै कम्पनीले काठमाडौंमा आफ्नो सेवा थप विस्तार गर्दै देशभर लजिस्टिक्स सेवा पुर्‍याउने लक्ष्य लिएको जनाएको छ।

कार्यक्रमको समापन राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष विशाल हुमागाईंले गर्नुभएको थियो। उहाँले हेलो सर्भिस नेपालको नयाँ शाखा सञ्चालनले कम्पनीको सेवा विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै ग्राहक, विक्रेता, साझेदार तथा शुभेच्छुकहरूप्रति धन्यवाद व्यक्त गर्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *