ghostwriter deutschland

आमालाई सुमनको अनुपम उपहार

काठमाडौ, जेठ ६ । तेजनेपाल
आमाको माया संसारकै सबैभन्दा निष्कलंक, निस्वार्थ र पवित्र सम्बन्ध हो । त्यही आमाप्रतिको श्रद्धा, प्रेम र कृतज्ञतालाई संगीत र दृश्यको माध्यमबाट जीवन्त बनाउने प्रयास गरेका छन् युवा चलचित्र निर्देशक सुमन दाहालले । विगत केही वर्षदेखि अमेरिकामा बसोबास गर्दै आएका सुमनले आफ्नी आमाको जन्मदिनलाई औपचारिक शुभकामनामा सीमित राखेनन्, बरु आफ्नै सिर्जना, आफ्नै भावना र आफ्नै परिवारलाई समेटेर एउटा अविस्मरणीय उपहार तयार पारे—‘आमा’ शीर्षकको मर्मस्पर्शी म्युजिक भिडियो ।
यो कुनै सामान्य म्युजिक भिडियो मात्र नभएर एउटा छोराको हृदयभित्र लुकेको आमाप्रतिको अथाह प्रेमको अभिव्यक्ति हो । परदेशमा रहेर पनि आमाको अनुहार, उनको माया, संघर्ष र त्यागलाई हरेक दिन सम्झिरहने छोराले आफ्नो भावनालाई शब्द, संगीत र दृश्यमार्फत यति सुन्दर ढंगले प्रस्तुत गरेका छन् कि हेर्ने जो–कोहीको आँखा अगाडि आफ्नै आमा उभिन पुग्छिन् । सुमनले आफ्नो पेशा, आफ्नो कला र आफ्नो सिर्जनशीलतालाई आमाप्रतिको सम्मानमा समर्पित गरेका छन् । यही कारण यो म्युजिक भिडियो मनोरञ्जनको माध्यम मात्र नबनेर एउटा असल छोराले आमालाई कसरी सम्मान गर्नुपर्छ भन्ने प्रेरणादायी उदाहरण पनि बनेको छ ।
सबैभन्दा महत्वपूर्ण पक्ष के छ भने, भिडियोमा सुमनले अभिनयका लागि बाहिरी कलाकारभन्दा धेरैजसो आफ्नै परिवारका सदस्यहरूलाई वास्तविक भूमिकामा उभ्याएका छन् । त्यसैले भिडियोमा देखिने हरेक दृश्य अभिनयभन्दा बढी यथार्थजस्तो लाग्छ । आमाको भूमिकामा तुलसीदेवी दाहाल देखिएकी छन् भने जेठी छोरीको भूमिकामा मन्दिरा दाहाल, जेठो छोराको भूमिकामा भुवन लोहानी, कान्छी छोरीको भूमिकामा गरिमा पाण्डे र कान्छो छोराको भूमिकामा सम्राट दाहालले जीवन्त अभिनय गरेका छन् । युवा आमाको भूमिकामा सुजिता सिटौला देखिएकी छन् भने बाल कलाकारहरू समीर दाहाल, साया भण्डारी, सावन लोहानी, अर्भी सुवेदी र अश्वत खनालले कथालाई अझ भावुक र जीवन्त बनाएका छन् ।
सायद यही कारणले भिडियो हेर्दा कतै कृत्रिमता महसुस हुँदैन । प्रत्येक दृश्यमा एउटा वास्तविक परिवारको आत्मीयता, प्रेम र सम्बन्धको न्यानोपन झल्किन्छ । आमा एउटा पात्र मात्र नभएर, परिवारको धड्कन पनि हुन् भन्ने भाव भिडियोले अत्यन्त मार्मिक ढंगले प्रस्तुत गरेको छ । गीतका शब्द स्वयं सुमन दाहालले लेखेका हुन् । शब्दहरूमा आमाको त्याग, संघर्ष, ममता र सन्तानप्रतिको समर्पणलाई यति संवेदनशील ढंगले बुनेका छन् कि हरेक हरफले मुटु छुन्छ । उनले निर्देशनमा पनि भावनालाई प्राथमिकता दिएका छन् । दृश्य संयोजन, कथाको प्रवाह र भावनात्मक उतारचढावले दर्शकलाई अन्तिम दृश्यसम्म बाँधेर राख्छ ।
वरिष्ठ गायक प्रमोद खरेल र चर्चित गायिका समीक्षा अधिकारीको स्वरले गीतलाई अझ कर्णप्रिय बनाएको छ । संगीतकार वसन्त सापकोटाले संगीतमार्फत गीतलाई आत्मासम्म पुग्ने शक्ति दिएका छन् । प्राविधिक पक्ष पनि उत्तिकै सशक्त देखिन्छ । संगीत संयोजन राजु कार्कीले गरेका छन् भने रेकर्डिस्ट ज्ञानेन्द्र गिरी र मिक्सिङ÷मास्टरिङ प्रकाश केसीले गीतलाई स्तरीय बनाएका छन् । गीत ड्रिम्स स्टुडियोमा रेकर्ड गरिएको हो । भिडियो सम्पादन भूपेन्द्र अधिकारीले गरेका छन् भने छायांकन राजु केसीको रहेको छ । रङ संयोजन रेनिस फागोले गरेका छन् । मेकअप सिर्जा अधिकारीले गरेकी हुन् भने पोस्टर डिजाइन नहाकुल खड्काले गरेका छन् । म्युजिक भिडियोको पोस्ट–प्रोडक्सन किन्डल सिने स्टुडियोमा गरिएको छ ।
तर यी सबै प्राविधिक पक्षभन्दा माथि उठेर दर्शकको मन छुने कुरा भनेको एउटा छोराको भावनात्मक समर्पण हो । आमाको जन्मदिनमा कसैले फूल दिन्छन्, कसैले केक काट्छन्, कसैले महँगा उपहार किनिदिन्छन् । तर सुमनले भने आफ्नी आमालाई समयले पनि मेटाउन नसक्ने उपहार दिएका छन्, एउटा यस्तो सिर्जना, जुन हरेक पटक बज्दा आमाको माया झल्किनेछ, हरेक पटक हेर्दा सन्तानको प्रेम अनुभूति हुनेछ ।
‘आमा’ म्युजिक भिडियो अब सुमन दाहालको परिवारमा मात्रै सीमित रहने छैन । यो हरेक नेपाली छोराछोरीहरूको भावना बन्नेछ । आफ्नी आमालाई माया गर्ने, सम्मान गर्ने र धन्यवाद भन्न चाहने हरेक सन्तानका लागि यो एउटा भावनात्मक कोसेली बन्नेछ । आमाको जन्मदिनमा बजाउन मिल्ने, आमालाई सम्झिँदा हेर्न मिल्ने र आमाको काखको न्यानोपन महसुस गराउने दुर्लभ सिर्जनामध्ये एक बनेको छ यो भिडियो ।
सायद संसारमा सबैभन्दा ठूलो कलाकार त्यही हुन्छ, जसले मानिसको मन छुने कला जान्दछ । र सुमन दाहालले यसपटक त्यही गरेका छन्,—एउटा गीतमार्फत हजारौं सन्तानलाई आफ्नी आमाको सम्झनामा भावुक बनाएका छन् ।

  • Related Posts

    Übersicht über nicht lizenzierte Wettanbieter in Deutschland: Umfragen und Statistiken

    Übersicht über nicht lizenzierte Wettanbieter in Deutschland: Umfragen und Statistiken In Deutschland gibt es eine Vielzahl von Wettanbietern, die sowohl lizenziert als auch nicht lizenziert sind. Nicht lizenzierte Wettanbieter sind…

    Die Rolle von Online-Plattformen bei nicht lizenzierten Sportwetten in Deutschland

    Die Rolle von Online-Plattformen bei nicht lizenzierten Sportwetten in Deutschland Die Rolle von Online-Plattformen bei nicht lizenzierten Sportwetten in Deutschland ist ein komplexes und kontroverses Thema. Diese Plattformen bieten Spielern…

    जवाफ लेख्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    छुट्टाउनु भयो कि ?

    Übersicht über nicht lizenzierte Wettanbieter in Deutschland: Umfragen und Statistiken

    • By admin
    • मे 20, 2026
    • 4 views

    Die Rolle von Online-Plattformen bei nicht lizenzierten Sportwetten in Deutschland

    • By admin
    • मे 20, 2026
    • 2 views

    Die Rolle von Online-Plattformen bei nicht lizenzierten Sportwetten in Deutschland

    • By admin
    • मे 20, 2026
    • 3 views

    Die Rolle von Online-Plattformen bei nicht lizenzierten Sportwetten in Deutschland

    • By admin
    • मे 20, 2026
    • 2 views

    Die Zukunft der Wettanbieter ohne Lugas

    • By admin
    • मे 20, 2026
    • 3 views

    आमालाई सुमनको अनुपम उपहार

    • By admin
    • मे 20, 2026
    • 25 views
    आमालाई सुमनको अनुपम उपहार
    ghostwriting agenturen