काठमाडौँ, कार्तिक २४ । तेजनेपाल

नेपालीहरूको महान् पर्व तिहारको अवसरमा समरी इन्टरनेशनल इभेन्ट प्रा. लि. (Samari International Event Pvt. Ltd.) द्वारा आयोजित ‘तिहार स्पेशल देउसी-भैलो कार्यक्रम २०८३’ भव्य रूपमा सम्पन्न भएको छ। “सशक्त र समृद्ध नेपालका लागि एकजुट” भन्ने मूल नाराका साथ आयोजना गरिएको यस सांस्कृतिक कार्यक्रममा ‘मिस एण्ड मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड’ (Miss & Mrs Nepal International World) का सिजन १ Season 1(2025) र सिजन २ Season 2 (2026) का विजेता सहितको टोलीहरूको संयुक्त सहभागिता रहेको थियो।

सामरी ईन्टरनेशनलका सिइयो भरत सामरीको अध्यक्षतामा सम्पन्न कार्यक्रम सुदीप बास्कोटाको विशेष निमन्त्रणा तथा संयोजनमा कालिकास्थानस्थित सिल्भर सिटी अपार्टमेन्ट भएको थियो ।

कार्यक्रममा गायक तथा सञ्चारकर्मी सुमन कुमार, मिसेस एसिया प्यासिफिकमा तीन उपाधी जित्न सफल पहिलो नेपाली सहभागी महिला तथा मिस एण्ड मिसेस नेपाल ईन्टरनेशनल वर्ल्ड दोश्रो सिजनकी विजेता गायिका रोजी श्रेष्ठ, वरिष्ठ सञ्चारकर्मी तथा गायक मनोहरी थापा, फेसन डिजाईनर दिलमाया मगर, नृत्य निर्देशक तथा कोरियोग्राफर स्वेता चन्द, गजलकार वसन्त ओली ‘वसन्ती, मिस एण्ड मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड नेपालको पहिलो सिजन १ कि फर्स्ट रनर अप, मोडेल तथा कलाकार सरु कार्की, टाइटल बिजेता कमला थापा, भावना चौलागाई, मिस एण्ड मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड सिजन २ कि फर्स्ट रनर अप कामना प्रसाई, थर्ड रनर अप गंगा न्यौपाने, जन जिब्रो मिडिया टिम, विभिन्न विशिष्ट व्यक्तित्वहरु, नृत्य समूह, भजन समूह, सञ्चारकर्मी लगायत थुप्रै दर्शक श्रोताको उपस्थिति रहेको थियो ।

तिहारको परम्परा र नेपालका अमूल्य सांस्कृतिक मान्यताहरूलाई प्रवर्द्धन गर्दै देउसी-भैलो कार्यक्रम गरिएको थियो । महिला सशक्तिकरण (Women Empowerment) लाई जोड दिँदै आयोजना गरिएको उक्त कार्यक्रमको संयोजन तथा व्यवस्थापन सरु कार्कीले गर्नु भएको थियो भने गायक तथा सञ्चारकर्मी सुमन कुमार श्रेष्ठ, गायिका रोजी श्रेष्ठले विशेष सांगितिक प्रस्तुती देउसी भैलो गीत गाएका थिए भने अन्य सहभागीहरूले मौलिक गीत तथा नृत्य प्रस्तुत गर्दै कार्यक्रम हर्षोल्लाषका साथ मनाएका थिए ।

कार्यक्रमको सञ्चालन गायक तथा सञ्चारकर्मी सुमन कुमार श्रेष्ठ र मोडेल तथा कलाकार सरु कार्कीले संयुक्त रुपमा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *