युवराज छन्त्यालको भयो डामाडोल

काठमाडौ, साउन २५ । तेजनेपाल

युवराज छन्त्याल र लक्ष्मी रेग्मीको स्वरमा नया तीज गीत “भयो डामाडोल” सार्वजनिक भएको छ । वहुविवाहलाई मान्यता दिने मस्यौदा तयार भएर बहस भैरहेको अवस्थामा सोही विषय सम्बन्धित गीतले घरकि भन्दा बाहिरकि राम्री लागेको अवस्थाको बयान गीतमा गरिएको छ । 

प्रतिमा शर्मा चपाईको शब्द रहेको गीतमा सुर्य खड्काको संगीत र याम थापा मगरको संगीत सम्योजन रहेको छ । शिवम  पोखरेलको कोरियोग्राफी र निर्देशन रहेको भिडियोमा रमाईलो नृत्य समावेश गरिएको छ । 

निर्मल क्षेत्री, रिना थापा, सिला पाण्डे र बिमल बस्नेत नाचेको गीतको भिडियो सरोज शाही र उमेश बहादुर शाहले खिचेका हुन । टेकेन्द्र शाहले सम्पादन गरेको भिडियोमा शृङारको जिम्मा सरिता प्रजापतिले लिएकी छन् । तीजमा नाच्न लायक गीत को खडेरी भएको अवस्थामा यो गीतले आशा जगाएको छ ।

About Tejnepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *