काठमाडौं १ कात्तिक । तेजनेपाल
पर्व लक्षित गीतसंगीत ल्याउने क्रमको सिलसिलामा मोडल सजिना लामिछानेले वर्तमान अवस्थामा सान्दर्भिक ‘जेन्जी तिहार’ गीतको भिडियो सार्वजनिक गर्नु भएको छ । सजिना लामिछाने र तुलसी बोस्कोटाको शब्द, आरबि खत्री सरद, श्रद्धा दियाली, राजिब शाह, रमेश मैनाली, निर्मला कार्कीको स्वर रहेको ‘जेन्जी तिहार’ को भिडियोमा लक्ष्मी नाथ तिमल्सिना, आरबि खत्री सरद, सजिना लामिछाने, राज धामी, रमेश मैनाली, सरिता भण्डारी लगायतको उत्कृष्ट अभिनय रहेको छ ।
भिडियो देशको अबस्था, नेपालीले भोगेका हरेक दुःख सङ्घर्ष र चार्डबाडको महत्वलाई झल्काइएको छ । बिल्कुलै फरक ढंगको देउसी भैलो गीत ‘जेन्जी तिहार’ मा एरेन्ज र मिक्सिङ राजिब शाह , रेकडिस्ट प्रकाश श्रेष्ठ स्टुडियो म्युजिक सिटि अनामनगर मा रेकर्डिङ भएको हो भने कोरियोग्राफर दिनेश लिम्बु, आरबि खत्री सरदको निर्देशन, राज पोख्रेलको छायांकन, राज धामिको सम्पादन रहेको छ ।

