प्रारम्भ दि ब्याण्डको ‘उड्न देउ’ सार्वजनिक

काठमाडौ, कार्तिक १३ । तेजनेपाल

लामो समय देखि सांगितिक यात्रामा निरन्तर संगीतकर्मीहरुको समुह मिलेर शुरु भएको प्रारम्भ दि ब्याण्डको ‘उड्न देउ’ बोल रहेको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा रिदम बोगटीको शब्द संगीत, प्रकाश श्रेष्ठको एरेन्ज, मिक्सीङ्ग मास्टरिङ्ग रहेको छ । जिन्दगी विभिन्न उतारचढाव र आरोह अवरोहलाई गीतमार्फत प्रस्तुत गर्न खोजिएको यस गीतको ब्याण्डमा भोकल गितारमा प्रकाश श्रेष्ठ, लिड गितारमा प्रबिन के सि, ड्रममा पृकसनमा रिदम बोगटी, बास गितारमा सागर घले रहेका छन । गीतलाई भिडियोले पनि उत्तिकै न्याय गरेको र दर्शकए पनि उत्तिकै माया दर्शाउने कुरामा आफू ढुक्क रहेको भन्दै ब्याण्का लिड भोकल प्रकाश श्रेष्ठले तेजनेपाललाइ बताए ।

भिडियोमा सानो भाई साङ दोर्जे र सुजनी श्रेष्ठ लगायतको दमदार अभिनय देख्न सकिन्छ भने भिडियोलाई रुपेसिटो (रुपेश दमाई)ले निर्देशन तथा सम्पादन गरेका छन । भिडियो छांयाकन बिबेश


Prarambha Band युटुब च्यानल मार्फत हेर्न सकिन्छ ।
Youtube Link तल दिइएको छ । https://youtu.be/q727-i0_gDY?si=XEftpt-y7B3Bz4j3

About Tejnepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *