प्रतिक्षाको “मलाई तीजको रहर” ले चर्चा बटुल्दै


काठमाडौं २४ साउन । तेजनेपाल

कलाकार मोडल प्रतिक्षा काफ्लेको अभिनय र गायिका सुजाता उपाध्यायको आवाज रहेको नया तीज गीत “मलाई तीजको रहर”बोलको गीत भरखरै सार्बजनिक भएकोछ। किरण भण्डारीको शब्द संगीत उदयराज पौडेलको एरेन्ज र चन्द्र चौधरीको मिक्सिंग मास्टरिंग रहेको गीतमा सुशील डाँगीको छायांकन तथा संपादन साईमन राजबंशीको कोरियोग्राफी र जिवन शाहीको निर्देशन रहेकोछ।
टिपिकल लोक शैलीलाई फ्युजन गरिएको मौलिक तिज गीत गायिका सुजाताकै अफिसियल युट्युब च्यानल”सुजाता उपाध्याय”मार्फत बजारमा आएकोछ।पछिल्लो समय म्युजिक भिडियो तथा टेलिचलचित्रहरुमा छाईरहेकि प्रतिक्षा काफ्ले तीजमा साथीभाई जम्मा भई छमछमी नाच्न मिल्ने यस गीतले दर्शक स्रोताको मन जित्ने कुरामा बिस्वस्त छिन भने क्षेणिक चर्चाका लागि छाडा र दुई अर्थी गीतहरुले दुसित बनेको बर्तमान संगीत बजारलाई संग्लो बनाउन तथा देशको कला संस्कृति र मौलिकतालाई बचाईराख्न पनि यस्ता गीतमार्फत टेवा पुग्ने बताउछिन।

About Tejnepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *