
काठमाडौ, भाद्र १२ । तेजनेपाल
मानिसहरुको आजभोलीको दैनिक जिवनयापन शैली एकदमै व्यस्त बन्दै गएको छ । जसका कारण मानिसहरुले आफ्नो दैनिक जिवनमा उपयोग हुने विभिन्न सेवा सुविधा र घरायासी सामानका किनमेलमा समय दिन नसक्ने अवस्था सिर्जना हुँदै गएको छ । समयको अभावका कारण मानिसहरुको दैनिक जिवनका किनमेल र विभिन्न कामहरुमा समय दिन नसक्ने भएका छन । उभोक्ताको येस्तै विभिन्न समस्याहरुलाई ध्यानमा राख्दै नेपाली युवाहरुले तयार पारेको एप्स हो ‘हेलो सर्विस नेपाल’ सुपर एप ।

काठमाडौँ उपत्यकाभित्र “निःशुल्क डेलिभरी सेवा”“माध्यम एक, सुविधा अनेक” भन्ने मूल नाराका साथ नेपाली युवाहरूद्वारा पूर्ण रूपमा स्वदेशी प्रविधि र व्यवस्थापनका साथ तयार गरिएको ‘हेलो सर्विस नेपाल’ सुपर एप सुरु भए लगत्तै छोटो समयमै नेपाली उपभोक्तामाझ लोकप्रिय बनेको कम्पनीका अध्यक्ष प्रतीक अधिकारीले जानकारी गराए ।
यो एपले एकै प्लेटफर्म मार्फत रेस्टुरेन्टबाट खाना, दैनिक ग्रोसरी सामान, अन्य घरायसी प्रायोजनका लागि प्रयोग हुने सामाग्रीगरु र ब्लुबुक नवीकरण जस्ता विभिन्न सेवाहरू पनि प्रदान गर्ने जानकारी पनि एप्सका सञ्चालकले जानकारी गराए । कम्पनीका अनुसार उपभोक्ताको खर्च बचत र सुविधालाई लक्षित गर्दै निःशुल्क डेलिभरीको व्यवस्था गरिएको हो।
‘हेलो सर्विस नेपाल’ केवल डिजिटल सेवा प्रदायक मात्र नभई स्वदेशी प्रविधि र रोजगारी प्रवर्द्धन गर्ने अभियान पनि हो। यस एपको सम्पूर्ण विकास, सञ्चालन र व्यवस्थापन नेपाली युवाशक्तिद्वारा गरिएको छ। कम्पनीले हाल ६० जनाभन्दा बढीलाई प्रत्यक्ष रोजगारी प्रदान गरिसकेको जनाएको छ, जसले नेपालमा स्वदेशी जनशक्तिको क्षमता र सम्भावनालाई प्रमाणित गरेको छ।
कम्पनीले भनेको छ, “हाम्रो उद्देश्य नेपालमै बनेको डिजिटल समाधानमार्फत नेपाली उपभोक्तालाई सहज जीवन दिनु हो।” छिटो, भरपर्दो र ग्राहकमैत्री सेवामा जोड दिँदै कम्पनीले आगामी दिनमा दशैं तिहार जस्ता चाडपर्वलाई लक्षित गर्द,इ ईकमर्स, फुड डेलिभरी, बेकरी लगायत हरेक कुरामा “दशै” कुपन कोड राखी निशुल्क डेलिभरीको पनि ब्यवस्था साथै थप आकर्षक योजनाहरू ल्याउने तयारी गरेको छ। यससंगै कम्पनीले नयाँ व्यवसाय सुरु गर्नेहरूलाई आफ्नो प्लेटफर्ममा जोडेर हातेमालो गर्न पनि आह्वान गरेको छ।