युवा पुस्ताका लोकप्रिय कोरियोग्राफर दिपेश


काठमाडौं १० साउन । तेजनेपाल

लोकप्रियता कमाउन अनेक प्रयोग गर्नेहरूका बीचमा कोरियोग्राफर दिपेश एसके नामले होइन, आफ्नै कामले लोकप्रिय हुन चाहन्छन् । हिजोआज कतिपय कलाकारहरू मिडियामार्फत चर्चित हुन चाहिरहेका वेला दिपेशले भने आफू काममा बढी विश्वास गर्ने भएकाले नामका पछि नलागेको बताउछन् । उनलाई आफ्नो कामभन्दा अरू कुनै पनि कुरासँग सरोकार छैन । कर्म गर्नुपर्छ फल मिल्छ भन्ने स्वभाव भएका उनको समय अहिले कसरी राम्रो कोरियोग्राफरी गर्ने भन्नेमा नै बित्ने गर्छ । किन की दिनको कम्तिमा पनि एउटा भिडियोको कोरियोग्राफी भ्याउनु पर्ने बाध्यता छ ।
यतिबेला तीज गीतको भिडियो निर्माण व्यस्त रहने गरेका दिपेश एसके सबै खालै गीतको भिडियोमा काम गरिसकेका छन् । जस्तै राष्ट्रिय गीत, रोमान्टिक, लोकआधुनिक र मर्मश्पर्शी भाबुव गीतहरुमा उनको कोरियोग्राफी देख्न सकिन्छ ।
आयो बराई माईतीको देश, पालुङ तीरमा, थोरै थोरै लागेको लाज, झुटो बात, तिम्रा लागि रुने मन जस्ता गीतहरुको भिडियोमा देखिन्छ उनको निर्देशकीय तथा कोरियोग्राफी कार्य क्षमता कत्तिको छ भनेर ।
त्यसो उनले राम प्यारी, लेक लेक, लुकी लुकी, यो दिलईमा तिमी छौ, आउ मिलिजुली, घुमाइदेउन नौ तले धरारा, सेलोमा जुहारी, साई हो माया, गुराँस टिप म, जिन्दगीको के हुन भर लगायत ३०० भन्द बडी गीतको भिडियो काम गरिसकेका छन् ।
उनलाई अरूले के गर्छन् वा के भन्छन् त्यसमा सरोकार छैन । काम नै उनको पहिलो प्राथमिकता हो । वषौंदेखि पर्दा पछाडि रहेर कोरियोग्राफरी गर्नेका बीचमा एउटा सफल पात्र हन् दिपेश । उनले सिकाएर नाचिएका नाचमा धेरैले वाह, वाह पाउँछन् । तर, पर्दापछि बसेर सिकाउनेहरू भने दर्शकका आँखामा परेका हुँदैनन् । त्यस्तै, मध्येका एक हुन् दिपेश ।
नामका लागि अनेक प्रयास गर्नेका बीचमा दिपेश भन्छन्, ‘मलाई मिडियामार्फत चर्चा कमाउनु छैन, मिहिनेतले काम गर्न सके नाम र दाम दुवै कमाउन सकिन्छ, भन्नेमा म पूर्ण विश्वस्त छु ।’
बिगत दश वर्ष देखि त्रिशक्ति डान्स एकेडेमि सञ्चालन गर्दै आइरहेका दिपेश एसके आफ्ना कामले नै स्थापित हुनेमा ढुक्क छन् । दर्जनौ सफल भिडियो दर्शक समक्ष पस्किसकेका यु्वा पुस्ताका लोकप्रिय कोरियोग्राफर दिपेश एसके भविष्यमा पनि यसै क्षेत्रमा निरन्तर लागि रहने बताउछन्

About Tejnepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *