इश्वर बल्लभको निर्देशनमा अभिनेत्री रेजिना उप्रेती अभिनित तीज गीत “पठाओ चडेर” सार्वजनिक

काठमाडौँ, साउन १० । तेजनेपाल

हरितालिका तीज नजिकिँदै गर्दा नेपाली संगीत बजारमा तीजका नयाँ नयाँ गीतहरू सार्वजनिक हुने क्रम तीव्र बन्दै गएको छ । यसै सन्दर्भमा गायिका सुबिना श्रेष्ठको स्वरमा सजिएको नयाँ तीज गीत “पठाओ चडेर” सार्वजनिक भएको छ।

नेपाली हिन्दु महिलाहरूको महान पर्व हरितालिका तीजको अवसर पारेर तयार पारिएको यस गीतमा सुबिना श्रेष्ठसँगै राजु आरडीको स्वर, शब्द तथा संगीत रहेको छ । सुनिल परियारले एरेन्ज गरेको गीतलाई राज खड्काले रेकर्डिङ गरेका हुन् भने एचबीएन किस्मतले मिक्सिङ गरेका छन्।

गीतको म्युजिक कुरा गर्दा भिडियोलाई निर्देशक ईश्वर बल्लभ उप्रेतिले निर्देशन गरेका हुन् । भिडियोमा कलाकारहरु हरिकुमार भण्डारी, रेजिना उप्रेती र प्रकाश बानले अभिनय गरेका छन् । तीज पर्वको सांस्कृतिक झल्को, पहिरन र आधुनिक परिवेशको समिश्रणले भिडियोलाई आकर्षक बनाएको छ । त्यसैगरी भिडियोलाई रामेश्वर हुमागाईंले छायांकन गरेका हुन् भने टेकेन्द्र शाहले सम्पादन र कलरिङ गरेका छन्।

यस गीत “पठाओ चडेर” ले तीजलाई अझ रमाइलो, उत्साहपूर्ण र भावनात्मक बनाउन सहयोग गर्ने विश्वास लिइएको छ । विशेषगरी सुबिना श्रेष्ठको आवाजले नेपाली महिलाहरूको मनमा छुट्टै स्थान बनाउने अपेक्षा गरिएको छ ।

https://www.youtube.com/watch?v=K04exWwtomU

About Tejnepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *