साजन पराजुलीको संगीतमा कविता र सरलाले ल्याईन तीज गीत

काठमाडौँ,साउन ११ । तेजनेपाल

हरितालिका तीज नजिकिँदै गर्दा नेपाली संगीत बजारमा तीजका नयाँ नयाँ गीतहरू सार्वजनिक हुने क्रम तीव्र बन्दै गएको छ । यसै सन्दर्भमा गायिका कविता राउत र सरला कार्कीको संयुक्त स्वरमा सजिएको नयाँ तीज गीत “थाहा छैन अब कहिले भेटन पाउने हो” बोलको रहेको गीत सार्वजनिक भएको छ।

नेपाली हिन्दु महिलाहरूको महान पर्व हरितालिका तीजको अवसर पारेर तयार पारिएको यस गीतमा लोकप्रिय संगीतकार साजन पराजुलीको संगीत रहेको छ । माधव भण्डारीले एरेन्ज गरेको गीतलाई कुमार रानाले मिक्सिङ गरेकस गरेका छन ।

गीतकाे म्युजिक भिडियाेमा उस्मिता र आशिकाकाे अभिनय देख्न पाइन्छ । नयाँ शैलीले प्रस्तुत गरिएकाे गीतकाे मिक्सिङ कुमार राना र स्टुडियाे मारुनी डिजिटलले गरेका छन् ।

रेकर्डिङमा सुमन र खुमन रानाले साथ दिएका छन् भने सम्पादन साजन पराजुलीले गर्नुभएकाे छ । गीतकाे छायांकन रामकृष्ण पाण्डे (अमन एकल) र निर्देशन कविता राउतले गर्नुभएकाे छ ।

About Tejnepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *