निर्देशक सागर ढुङ्गेललाई बिशेष सम्मान

काठमाडौं ८ असार । तेजनेपाल

चौथो राष्ट्रिय थारु चलचित्र तथा साँस्कृतिक महोत्सवका अवसरमा ३२ बर्ष अगाडि नेपाल टेलीभिजनबाट सागर ढुङ्गेलको पटकथा, सम्वाद र निर्देशनमा बनेको थारु भाषाको पहिलो टेलिसिरियल ‘जित्त भुत’ को निर्देशन गरे वापत महोत्सवको अवसरमा सम्मान गरिएको छ ।
थारु चलचित्र तथा साँस्कृतिक संघ केन्द्रिय समितिका अध्यक्ष तथा थारु चलचित्रका महानायक परशुराम चौधरीको अग्रसरतामा ‘कोशी प्रदेश’ का माननीय मुख्यमन्त्री हिक्मत कुमार कार्की प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा चलचित्र निर्देशक सागर ढुङ्गेललाई बिशेष सम्मान प्रदान गरिएको हो ।

यस अवसरमा निर्देशक ढुङ्गेल भन्छन ‘यो बिशेष सम्मान मेरोमात्र सम्मान हैन, यो सम्मान म ‘जित्त भुत’ का कलाकार, प्राविधिक र सम्पुर्ण सहयोगी साथिहरु तथा बिशिष्ट ब्यक्तित्वहरुमा समर्पित गर्दछु ।’

About Tejnepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *