‘जुठे’की ‘जुनकिरी’ ‘वाचा बन्धन’मा ‘चाँदनी’ भयर आईन


काठमाडौं, असार ८ । तेजनेपाल

टेलिसिरियल ‘वाचा बन्धन’को दोस्रो भाग सार्वजनिक गरिएको छ । फिल्मी शैलिमा निर्माण भएको रोचक ऐतिहासिक प्रेम कथामा आधारित टेलिसिरियल वाचा बन्धनको दोस्रो भाग रिलिज भएको हो । प्रत्येक शनिवार साँझ ७ बजे ओएसआर डिजिटल युटुबबाट आउने वाचा बन्धनको पहिलो भाग दर्शकहरूले रुचाएका कारण दोस्रो भाग पनि अझै बढि रुचाउने निर्माण पक्ष बताउछ ।
टेलिसिरियल ‘जुठे’को ‘जुनकिरी’ सरिता ढुङ्गाना ‘वाचा बन्धन’मा ‘चाँदनी’ भयर आउनुभएको छ भने नव नायक प्रशान्त बुढाथोकी ‘चन्द्र’को रोचक प्रेम कथा एपिसोड २ मा देख्न सकिनेछ ।
कमल बुढाथोकिको प्रस्तुति रहेको सिरियललाई दीपा बुढाथोकी अनि कमल बुढाथोकी मिलेर निर्माण गर्नुभएको हो । यज्ञजंग विक (आयुष) को लेखन÷निर्देशन रहेको सिरियलमा हेमराज घर्ती कार्यकारी निर्माता हुनुहुन्छ भने शिव विकको छायाकंन, उमेश थापामगरको सम्पादन, प्रविण ढकालको कलर, रतिस भारतिको भिएफएक्स, नेत्र विष्टको निर्माण नियन्त्रण, आकास मगरको गीत संगीत, भूमी प्वाईन्टको पोष्ट प्रोडक्सन अनि चर्चित गायक रामचन्द्र काफ्लेको गायकी रहेको छ । ‘जुठे’बाट चर्चित ‘जुनकिरी’ सरिता ढुङ्गाना, ‘सकम्बरी’ कुशुम शर्मा, प्रशान्त बुढाथोकी (करण) हेमराज घर्ती, विशाल पहाडी, रश्मि भट्ट, प्रेमदेव गिरि सुभाष गजुरेललगायत दुई दर्जन नयाँ पुराना कलाकारको यसमा अभिनय रहेको छ । ‘वाचा वन्धन’ ललितपुरको छम्पी र रुकुम पूर्वीभागको रमणिय स्थल लुगुम नरिबाङमा छायाकंन गरिएको हो ।

About Tejnepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *