काँडेतार हेरेपछि पिआर त्याग्न मन लाग्यो

अष्ट्रेलिया, असार ८ । तेजनेपाल
शुक्रबार अष्ट्रेलियाको एडिलेट स्थित द रिगत थ्रेटरमा देशभक्तिपूर्ण चलचित्र ‘काँडेतार’ को विशेष प्रदर्शन गरिएको छ । चलचित्र प्रदर्शन गर्ने क्रममा निर्माता अन्जु केसीको उपस्थित रहेको थियोे। चलचित्र हेर्न एन।आर।एन।आई।सि।सि सुजन अधिकारी, पूर्व एनआरएन अध्यक्ष दिपक बिष्ट, एनआरएन अध्यक्ष नविन कडेल, एनआरएन सल्लाहकार महेश गौतम, नगर परिषद सदस्य रेनुका लामा, प्रिन्सिपल चन्द्रमणी पाण्डे, समाजसेवी गणेश प्रसाद पराजुली, अशोक के सि, पत्रकार वालगोपाल उपाध्यया, युवराज पहाडी, सिमा गुरूङ, सन्दिप जिसि, सुदन केसि, सुमित मल्ल, आदर्श काफ्ले लगायत अष्ट्रेलिया, एडिलेट निवासी नेपालीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

देशभक्तिपूर्ण चलचित्र काँडेतार हेर्न आउनु भएका र प्रत्यक्ष, अपत्यक्ष रूपमा सहयोग पुर्उनु हुने सम्पूर्णमा आभार व्यक्त गर्दै निर्माता अन्जु केसीले चाँडै क्यानाडा, अमेरिका लगायतका देशमा प्रदर्शन हुने जानकारी गराईन। नेपालमा पुनः प्रदर्शन २०८३ मा गरिने जानकारी गायिका तथा कार्यकारी निर्माता सत्यकला राईले बताईन। ‘काँडेतार’ हेरिसकेपछि दर्शकहरुले जसले काँडेतार हेर्दैन ऊ नेपाली हुन सक्तैन भने त कसै कसैले पिआर त्यागेर नेपाल फर्किन मन लाग्यो जस्ता प्रतिक्रिया दिएको मुख्य आयोजक मध्यका एक अभिषेक क्षेत्रीले बताए।
काँडेतार चलचित्र मात्रै होईन, मुख्यत देश बचाउने महान अभियान हो, यो निरन्तर चलिरहन्छ । राष्ट्र पहिलो कुरा हो, त्यसैले सन्सार भर रहेका हामी नेपालीहरू जोडिदै जानेछौ भन्ने कुरामा आफू विस्वस्थ रहेर निरन्तर अगाडि बढिरहेको कुरा नायक, निर्माता काँडेतारका निर्देशक समेत रहेका नवल खड्काले बताए ।



About Tejnepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *