किर्तिपुरका विभिन्न विद्यालयमा धुम्रपान तथा सुर्तीजन्य पदार्थको उपभोग नियन्त्रण सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न

काठमाडौ, असार ८ । तेजनेपाल

सामाजिक परिवर्तनमा ऐक्यबद्धता समाजको आयोजना एवं नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य कर्कोसको सचिवालयको वित्तीय सहयोग एवं सहकार्यमा किर्तिपुरका दुई विद्यालयमा “धुम्रपान तथा सूर्तिजन्य पदार्थको उपभोगको नियन्त्रण सम्बन्धमा विद्यार्थीहरु तथा शिक्षकहरुसंगको अन्तरक्रिया कार्यक्रम” सम्पन्न भएको छ । विद्यालय तथा कलेजका विद्यार्थीहरु खाली समयमा कुलतमा नलागुन भन्ने मुल उद्देश्यका साथ विभिन्न विद्यालय तथा कलेजमा यस्ता कार्यक्रमहरु गर्दै जाने आयोजक संस्थाको मुल उद्देश्य रहेको संस्थाका सचिव रमेश लामिछानेले बताउनुभयो । साथै यस्तै अन्य जनचेतनामूलक कार्यक्रमहरुमा कुनै पनि सम्बन्धित संस्थाहरुले कुनै पनि सहयोग गर्न सक्ने पनि संस्थाका सचिवले थप प्रष्ट पार्नु भयो ।

कार्यक्रमको सुरुवात टौदह राष्ट्रिय मा वि बाट भएको थियो जसमा आयोजक संस्थाका जेष्ठ सदस्य श्री भक्तबहादुर खत्री ज्यू सभापति, विद्यालयका प्रधानाध्यापक श्री दिवाकर श्रेष्ठ ज्यूको प्रमुख अतिथ्यता, चोभार स्वास्थ्य हेल्पोस्टका इन्चार्ज श्री नारायण शर्माज्यू अतिथि, प्रमुख प्रशिक्षक श्री विष्णु लामिछाने ज्यू, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका श्री शिवहरी आचार्य ज्यू, स्वास्थ्य कर कोषको सचिवालयका श्री राधा पौडेल ज्यू, स्कुलका विद्यालय नर्स शोभा श्रेष्ठ ज्यू, कार्यक्रममा खादामाला लगाई सहयोग गरिदिने स्कुलका विद्यार्थी रोजिना पुन मगर र रश्मी मोक्तान लगायत शिक्षक शिक्षिका, कक्षा ६ देखि १० सम्मका छात्रछात्राहरुको उपस्थितिमा असार ५ का दिन कार्यक्रम समापन गरिएको थियो ।

त्यस्तै दोश्रो कार्यक्रम अन्तर्गत लेबोरेटरी माध्यमिक विद्यालय, कीर्तिपुरमा सम्पन्न गरिएको थियो । जसमा आयोजक संस्थाका जेष्ठ सदस्य श्री भक्तबहादुर खत्री ज्यूको सभापतितत्व, प्रधानाध्यापक डा. लाक्पा शेर्पा ज्यूको प्रमुख अतिथि, चोभार स्वास्थ्य हेल्पोस्टका इन्चार्ज श्री नारायण शर्माज्यू अतिथि, प्रमुख प्रशिक्षक श्री विष्णु लामिछाने ज्यू, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका श्री शिवहरी आचार्यज्यू, स्वास्थ्य कर कोषको सचिवालयबाट श्री राधा पौडेलज्यू, स्कुलका प्राध्यापक ज्यूहरु लगायत ९ कक्षा का १६० छात्रछात्राहरुको उपस्थितिमा सोही दिन २ बजेदेखि ५ बजेसम्म कार्यक्रम समापन गरिएको थियो ।

About Tejnepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *