
काठमाडौं जेठ १४ । तेजनेपाल
म्युजिक भिडियो निर्देशनमा आफ्नो पृथक पहिचान बनाउन सफल हाल व्यस्त र चर्चित म्युजिक भिडियो निर्देशक दिपेश एसकेको लेखन, निर्देशन र अभिनय रहेको नयाँ आधुनिक गीत ‘तिम्रा लागि रुने मन’को भिडियो दर्शकमाझ आउने भएको छ ।
लोकप्रिय गायक प्रमोद खरेलको सुमधुर स्वर, उत्तम रावतको शब्द, सङ्गीत, झलक संगीतम्को एरेन्ज र मिक्सिङ रहेको गीतको सम्पूर्ण ध्वनि सम्पादन आलाप रेकर्डिङ स्टुडियोमा गरिएको हो । भिडियोमा मोडल दीपेश एसके, किरण साङ्बो र सबिना लो तामाङको अभिनय देख्न सकिन्छ । भिडियोलाई टेकेन्द्र साहले सम्पादन तथा कलर ग्रेडिङ गरेका छन् जसले दृश्यलाई अझ आकर्षक बनाएको छ ।
गीतको लेखन, निर्देशन र मुख्य अभिनय निर्देशक दिपेश एसके आफैंले गरेका छन् भने यस गीतले प्रेम, विछोड र भावनात्मक अवस्थालाई चित्रण गर्ने प्रयास गरेको छ, जसले धेरै दर्शकको मन छुने विश्वास लिइएको छ । सार्वजनिक हुने तयारीमा रहेको ‘तिम्रा लागि रुने मन’ गीतले नेपाली गीतसंगीत क्षेत्रमा नयाँ तरङ्ग ल्याउने कुरामा आफु विश्वस्त रहेको निर्देशक, मोडल दिपेश एसकेले बताए ।