गोपीकृष्ण र जमुनाको “दिलको राजा दिलकी रानी” सार्वजनिक

काठमाडौं, जेठ ११ । तेजनेपाल


गायक गोपीकृष्ण खतिवडा र गायिका जमुना खतिवडाको प्रस्तुति,शब्द स्वर र संगीतमा तयार पारिएको “दिलको राजा दिलकी रानी” बोलको गीत सार्वजनिक भएको छ ।

भिडियोलाई लामो समय देखि नृत्य निर्देशन र नृत्य विधामा आवद्ध भएका आशिष् लामाले निर्देशन तथा कोरियोग्राफी गरेका हुन । भिडियोमा को दमदार अभिनय तथा नृत्य देख्न सकिन्छ ।

काठमाडौं लगायत विभिन्न रमणीय स्थानहरुमा छांयाकन गरिएको भिडियोलाई छाँयकन तथा सम्पादन सुबिन दाहालले गरेका हुन भने गीतको एरेन्ज रमन थामी, मिक्सिङ्ग सुन्दर लामाले गरेका हुन । भिडियोमा मेकअप मोहन लामा र रोजिना श्रेष्ठको रहेको छ ।

भिडियोलाई जमुना खतिवडा नामक अफिसियल युट्युब च्यानल मार्फत हेर्न सकिन्छ ।

भिडियो हेर्नका लागि तलको लिंकमा क्लिक गर्नु होला ।

About Tejnepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *