पुर्वेली गीत ‘गैदिउँ भागेर’ सार्वजनिक


काठमाडौं १० जेठ । तेजनेपाल

रंगपत्रकार भोला अधिकारीले बेला बेलामा आफ्ना शब्द रचनामा पुर्वेली गीत स्रोतामाझ ल्याउने गरेका छन्। लामो समयको अन्तरालमा उनको शब्द रचनामा ‘गैदिउँ भागेर’बोलको पुर्वेली गीत सार्वजनिक भएको छ ।
पुर्वेली गायक अर्जुन घिमिरे र बिन्दु परियारको स्वरमा रहेको गीत ‘गैदिउँ भागेर’हालै सार्वजनिक भएको हो। गीतमा लय रबिन अधिकारीले गरेका छन्। पुर्वको ओखलढुङ्गा, पोकली झरना, उदयपुर, सप्तकोशीदेखि धनकुटासम्मका सेरोफेरो गीतका शब्दमा समेटिएका छन्। माया प्रेमका भावमा प्रकृति र ठाउँ विषेशलाई गीतको शब्दमा उनिएको छ। पुर्वेली गीतहरु प्राय गाउँ ठाउँको परिवेशलाई आधार मानेर नै गीत गाउने गरिन्छ । सोही अनुसार नै गीतकार अधिकारीले आफ्ना भाव पोखेका छन् ।
गीतको भिडियोमा गायक घिमिरे आफैले अभिनय गरेका छन् । उनलाई अभिनयमा गीतु पराजुली र सन्तोष बराईलीले साथ दिएका छन् ।
घिमिरे भन्छन्, ‘गीतसंगीतमा गाएर मात्रै पछिल्लो समय नहुने रहेछ। भिडियोमा आफ्नो अनुहार देखाउनु पर्ने समय आयो। १५ वर्षअघिसम्म स्वरबाट नै चिन्ने गरेका स्रोताले अहिले भिडियोमा हेर्न खोज्न थाले। त्यसैले मैले पनि भिडियोमा अभिनय गरेको हो ।’

केबी भण्डारीको एरेन्ज रहेको भिडियोमा दीपेश एसकेले कोरियोग्राफी तथा निर्देशन गरेका छन् । भिडियोलाई प्रेम लामाले खिचेका हुन् भने सम्पादन टेकेन्द्र शाहले गरेका छन् । यसअघि भोलाले सिर्जना गरेको गीत ‘पुर्वै मोरङको’,‘रुमाल फाटिगो’लगायत एक दर्जन गीत सार्वजनिक भएका छन् । त्यसै गरि गायक घिमिरेको ‘छेउमै पर्यो घर’,‘म त ड्राइभर दाई’, ‘ठान्यौँ सानी कच्चा’, ‘जिम्मलका छोरी’,‘मासु पाडाको’ लगायत आफ्ना र अरुमा गीतमा गरि २ सय हाराहारीमा स्वर भरिसकेका छन् । यता गायिका बिन्दु परियार पछिल्लो समयकी चर्चित गायिका हुन्। ‘गैदिउ भागेर’ गीतको भिडियोलाई अर्जुन घिमिरे नामक युट्युब च्यानलमा अपलोड गरिएको छ ।

About Tejnepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *