रामचन्द्र काफ्ले र जुनु रिजालको स्वरमा मल्लिकाको ‘कल्ले भन्यो’ सार्वजनिक


काठमाडौं १० जेठ । तेजनेपाल

लोकप्रिय गायक रामचन्द्र काफ्ले तथा चर्चित गायिका जुनु रिजालको स्वरमा रोमान्टिक गीत ‘कल्ले भन्यो’ को भिडियो मल्लिका अफिसियल युट्युव च्यानबाट सार्वजनिक भएको छ ।

दिनेश सुवेदीको शब्द, सन्तोष प्रगाढको संगीत रहेको भिडियोलाई मल्लिका राजोपाध्यायले निर्माण गरेकी हुन् ।

प्रियासी रेकर्डिङ स्टुडियो, अनामनगरमा रेकर्डिङ गरिएको गीतमा सम्पादन र रंग संयोजन राजेन्द्र पुरीको रहेको छ । बबिता श्रेष्ठको निर्देशन रहेको भिडियोमा विक्रम बुढाथोकी र मल्लिका राजोपाध्यायलाई प्रेमिल जोडिको रुपमा देखाईएको छ भने उत्तम हुमगाईंले खिचेका हुन् ।

About Tejnepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *