
काठमाडौ, जेठ १० । तेजनेपाल
मौलिक लोकसंगीतको क्षेत्रमा आफ्नो पृथक पहिचान बनाएका गायक युवराज छन्त्यालले नयाँ सांगीतिक कोसेली ‘बागलुङेको बोली’ सार्वजनिक गरेका छन ।
लोक गीतसंगीतमा गहिरो रुचि राख्ने छन्त्यालले यसअघि ‘छाती चिरेर हेरे’, ‘लाहुरे आयो’, ‘मन रुँदा’ जस्ता दर्जनौं लोकगीतहरू मार्फत दर्शक–श्रोताको मन जितिसकेका छन्। उनका गीतहरूमा मौलिकता, लोकभाषाको मिठास र जनजीवनको यथार्थ झल्किन्छ।
नयाँ गीत ‘बाग्लुङ्गेको बोली’ मा मिलन लामा, कालिका रोक्का र युवराज छन्त्यालकै सुमधुर स्वर सुन्न सकिन्छ। गीतले बाग्लुङ क्षेत्रको विशिष्ट बोली र संस्कृतिको जगेर्ना गर्ने प्रयास गरेको छ।
गीतमा शब्द तथा संगीत स्वयं छन्त्यालकै रहेको छ भने संगीत संयोजन (एरेञ्ज) कृष्ण केसीले गरेका छन्। दीप गुरुङको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा आनन्द गुरुङ, लक्ष्मी गुरुङ, मनोज गुरुङ र कृष्ण थापाको जीवन्त अभिनय देख्न सकिन्छ।
मौलिक लोकशैली र आधुनिक प्रस्तुतिको संयोजनमा तयार पारिएको यो गीतले छोटो समयमै दर्शक–श्रोताको ध्यान तान्ने अपेक्षा छन्त्यालको छ ।