संस्कृत भाषाको शिव स्तोत्र भजन सार्वजनिक

काठमाडौ, जेठ १४ । तेजनेपाल

पौराणिक ग्रन्थ शिब महापुराणमा आधारित संस्कृत भाषामा शिव स्तोत्र भजन आर मीडिया युट्युव मार्फत सार्वजनिक भएको छ ।

नेपाल चलचित्र कलाकार संघका कार्यकारिणी सदस्य समेत रहेका सञ्चारकर्मी कलाकार तथा निर्देशक पवन के.सीको स्वरमा रहेको उक्त भजनको रचना पौराणिक स्तोत्रबाट लिएको छ भने उक्त भजनमा संगीत संयोजन सञ्जय खडगीले गरेका छन्।

यसअघि यही स्तोत्रमा भारतका चर्चित गायक सोनु निगम, सुरेश वाडकरले समेत स्वर दिइसकेका छन्। पौराणिक ग्रन्थमा आधारीत संस्कृत भाषाका भजनहरू भारतमा लोकप्रिय भइरहेका बेला यो भजनले नेपालमा पनि आफ्नो पृथक् पहिचान बनाउने विश्वास गरिएको छ ।

भजन सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया आउन थालेको छ। धेरै दर्शकले यसलाई ‘आध्यात्मिक रूपमा भावपूर्ण र सांगीतिक रूपमा उत्कृष्ट’ भनेर प्रतिक्रिया जनाएका छन । उक्त भिडियोको युट्युब लिङ्क तल रहेको छ ।

About Tejnepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *