दोश्रो गोकर्णेश्वर महोत्सव उद्घाटन, जेठ ३ गतेसम्म हुने

काठमाडौ, वैशाख २० । तेजनेपाल


दोश्रो गोकर्णेश्वर महोत्सव उद्घाटन सभ्य र भव्य रुपमा भएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं. ४ का अध्यक्ष जयराम महत ज्युको प्रमुख आतिथ्यता, कार्यक्रम संयोजक ग्राउन्ड अफ ईभेन्ट्सका अध्यक्ष श्याम कृष्ण श्रेष्ठको सभापतित्व, वडा नं. ३ का वडा सदस्य मुरारी प्रसाद कुइकेल, कार्यपालिका सदस्य लक्ष्मी भण्डारी, चित्रमाया विक, औधोगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महत, वरिष्ठ उपाध्यक्ष राजकुमार खडका, उपाध्यक्ष बिनोद कलवार, महासचिव शंकर गुरुङ , कोषाध्यक्ष पृतम मल्ल ठकुरी, कार्यालय सचिव जीवन नेपाल, कार्यालय सह सचिव दिलिप कार्की, कार्यक्रम निर्देशक दिपक दाहाल, लगायातको समुपस्थितिमा भएको उक्त कार्यक्रम औधोगिक शान्ति नेपाल संस्थाको मुख्य आयोजना तथा ग्राउण्ड अफ इभेण्ट्सको सह आयोजनामा भएको हो । वैशाख १९ गतेदेखि जेठ ३ गतेसम्म हुने यस महोत्सवमा १५० भन्दा बढी व्यवसायिक स्टल, मनोरञ्जनका लागि बालउधान, रोटेपिङ्ग लगायत थुप्रै खेलहरुरहेको छ भने मेलामा थुप्रै चर्चित राष्ट्रिय कलाकार तथा व्याण्डको प्रस्तुती रहने कुरा आयोजाकले बताएको छ ।

आयोजक संस्था औधोगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले स्वागत मन्त्व्य दिदै मेला अवधिभर सम्पुर्ण अवलोकनकर्ता, दर्शकले खोजे जस्तो रोजे जस्तो घरायसी सामान, लत्ताकपडा लगायतका थुप्रै सामान सस्तो सुलभ मुल्यमा खरिद गर्न सकिने, राष्ट्रिय कलाकारहरुको प्रस्तुतिले थप मनोरञ्जन प्रदान गर्ने साथै खुल्ला नृत्य प्रतियोगिताले स्थानीय कलाकारहरुलाई थप प्रोत्साहन प्रदान गर्ने लगायतला कुराहरु राख्नु भयो ।

प्रमुख अतिथिको रुपमा पाल्नुभएका वडा नं. ४ का वडा अध्यक्षले आफ्नो स्वागत मत्व्य राख्दै यस्तो खालको राष्ट्रिय स्तरको मेलाले स्थानीय बजारलाइ थप टेवा प्रदान गर्ने, राष्ट्रिय स्तरसम्म पुर्‍याउन मद्दत गर्ने र स्थानीय कलाकारलाई सहि स्थान र प्रोत्साहन प्रदान गरेकोमा मनैदेखी नै धन्यवाद दिन चाहेको र आफुले हरदम सहयोग गर्न तत्पर रहेको कुरा बताउनु भयो ।

नृत्य प्रतियोगिताका संयोजक सुमन कुमार श्रेष्ठले खुल्ला नृत्य प्रतियोगिताको फारम यहि आउँदो मंगलबार सम्म भर्न पाईने र जुनसुकै उमेर समूहका पुरुष महिला, एकल वा समुहले सजिलै भाग लिन पाउने, कुनै उमेर हदबन्दी नरहएको कुरा जानकारी गराउनु भयो साथै ग्राण्ड फिनालेबाट बिजेता बन्ने प्रतियोगीले नगद पुरस्कार, ट्रफी, प्रमाणपत्र संगै भविष्यमा कलाकार बन्मे इच्छा राख्ने प्रतियोगिलाई उचित अवसर पनि दिने प्रतिबद्धता जनाउनु भयो ।

मेलामा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुतीसंगै, बाल उद्दान रमाइलो मेला साथै व्यवसायिक स्टलहरु रहने कुरा आयोजकले जनाकारी गराउनु भयो ।

About Tejnepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *