गोकर्णेश्वर महोत्सव अझै रमाईलो हुँदै

काठमाडौ, वैशाख २० । तेजनेपाल

दोश्रो गोकर्णेश्वर महोत्सव २०८२ को दोश्रो दिन आज सभ्य भव्य तरिकाले सम्पन्न भएको छ ।

कार्यक्रममा राष्ट्रिय कलाकारहरु गायक विश्व नेपाली, विश्वराम कार्की, विशाल काल्तान, र्‍यापर आयुष अधिकारी, गायक प्रितम मल्ल ठकुरी, रमेश श्रेष्ठ मेलोडी, सुमन कुमार श्रेष्ठ, रमेश श्रेष्ठ शिशिर लगायातको विशेष प्रस्तुती रहेको थियो । आजको कार्यक्रम कुशल उदघोषिका शितल शर्माले सञ्चालन गर्नु भएको थियो भने कलाकार लगायतलाई आयोजक संस्था औधोगिक शान्ति नेपाल संस्था का अध्यक्ष सन्दिप महत , वरिष्ठ उपाध्यक्ष राजकुमार खडका तथा सह आयोजक ग्राउन्ड अफ इभेन्ट्सका अध्यक्ष श्याम कृष्ण श्रेष्ठले संयुक्त रुपमा स्वागत तथा मायाको चिनो दिएर बिदाई समेत गर्नु भएको थियो ।

त्यस्तै आजबाट खुल्ला नृत्य प्रतियोगिताको अडिसन पनि सुरु भएको छ । यो अडिसन मगलबारसम्म हुनेछ । त्यसपछी क्रमशः दोश्रो तेश्रो नकआउट चरण हुँदै प्री क्वाटर, क्वाटर, सेमि फाइनल हुँदै ग्राण्ड फिनाले हुने छ । आज कार्यक्रममा निर्णायकको भुमिकामा जनसांस्कृतिक महासंघकी केन्द्रिय सदस्य तथा उपमा सञ्चार प्राली कि अध्यक्ष आशा गौतम ज्यु, गीतकार, साहित्यकार, गायक सर्जक तथा साहित्य संगमका उपाध्यक्ष रामकृष्ण पाण्डे रहनु भएको थियो भने यस प्रतियोगिताका संयोजक तथा मुख्य निर्णायकको रुपमा गायक, संगीतकार, निर्देशक, सञ्चारकर्मी सुमन कुमार श्रेष्ठ हुनुहुन्छ ।

त्यस्तै भोलि आइतबार गायक कर्णराज गिरि, बिनय कार्की, कलाकार स्मिता बोहरा, गायक प्रितम मल्ल ठकुरी, रमेश श्रेष्ठ मेलोडी, रमेश श्रेष्ठ शिशिर, सुमन कुमार श्रेष्ठ लगायतको प्रस्तुती हेर्न सकिने साथै खुल्ला नृत्य प्रतियोगिता जिविका एण्ड डान्स ग्रुपको प्रस्तुति र स्थानीय कलाकारहरुको प्रस्तुती रहने पनि आयोजक टिमले जानकारी गराएको छ ।

मेलामा १५० भन्दा बढी स्टल रहेको छ जसमा लत्ताकपडा, घरायसी सरसामानहरु, दैनिक रुपमा प्रयोग गर्न सकिने उपयोगी सामाग्री, घरेलु तथा स्थानीय उत्पादनको बिक्री तथा प्रवर्द्धन संगै नेवारी खाजा, विभिन्न फरक स्वादका परिकार तथा खाजाको स्वाद लिन सकिने पनि कार्यक्रम संयोजक तथा स आयोजक संस्था ग्राउन्ड अफ इभेन्टसका श्याम कृष्ण श्रेष्ठले जानकारी गराउनु भयो ।

About Tejnepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *