क्यान्सर पीडित महिलालाई औधोगिक शान्ति नेपाल संस्थाले गर्‍यो एक लाख सहयोग

काठमाडौ, वैशाख २१ । तेजनेपाल

औधोगिक शान्ति नेपाल संस्थाले क्यान्सर पिडित एक महिलालाई उपचारका निम्ति एक लाख रुपैयाँ नगद सहयोग गरेको छ । रोल्पा नुवागांउ, त्रिवेणी गाउँपालिका ३ बस्ने ५३ वर्ष उमेरकि धनकला बुढामगरलाई उक्त सहयोग प्रदान गरिएको हो । उनलाई सो रकम संस्थाका अध्यक्ष सन्दिप महत र उनको टिमले हस्तान्तरण गरेको थियो । विगत एक दशक भन्दा बढी समयदेखी नेपालका विभिन्न स्थानमा मेला महोत्सव तथा सांस्कृतिक कार्यक्रमहरु गर्दै आएको यस संस्थाले समय समयमा विभिन्न पीडित व्यक्तिहरुलाई सहयोग पनि गर्दै आएको छ ।

पिडित महिलालाई ३ वर्ष अघि सुरु भएको पाठेघरको मुखमा देखिएको क्यान्सर अहिले जिउ भरी फैलिएको र पीडा बढदै गएपछि सहनै नसक्ने भएपछि उपचार गराउदै जाने क्रममा सबै पैसा पनि सकिएको तथा उपचार र दैनिक व्यवहार गर्न पनि गार्‍हो हुँदै गएको पिडित महिलाले सुनाईन । त्यसपछी सार्‍है गार्‍हो भएपछी हाल सबैसंग सहयोग अपिल गर्न थालेको उनको भनाई छ । पिडितलाई समयमै उपचार गर्न पाए आफू निको भएर घर फर्किन्छु भन्ने पूरा विश्वास रहेको बताउछिन । उनको हाल अस्पतालमा उपचार भईरहेको छ । उनलाई थप सहयोग गर्न इच्छुक महानुभावहरुले ९७६१८३८१४३ मा सम्पर्क गरि थप सहयोग प्रदान गर्न सक्नुहुनेछ ।

About Tejnepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *