
लुम्बिनीमा करिब ९ हजारमा क्षयराेगकाे संक्रमण
संक्रमण राेग नियन्त्रणमा सबैकाे ध्यान जानुपर्ने सुझाब
भालुवाङ, दाङ्ग १२ चैत । तेजनेपाल
लुम्बिनी प्रदेश भरिमा करिब ९ हजारमा क्षयराेगकाे संक्रमण देखिएकाे छ । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले दिएकाे जानकारी अनुसार अहिले प्रदेश भरिका १२ वटा जिल्लामा यस आर्थिक बर्ष सम्म ८ हजार ४ सय ४४ जनामा क्षयराेगकाे संक्रमण देखिएकाे हाे ।
याे संक्रमणकाे दरलाई हेर्ने हाे भने पनि क्षयराेगकाे संक्रमणकाे अवस्था भयाबह भएकाे मान्न सकिन्छ । स्वास्थ्य निर्देशनालयले दिएकाे जानकारी अनुसार लुम्बिनी प्रदेशकाे रूपन्देहीमा सबै भन्दा बढी क्षयराेगकाे संक्रमित रहेकाे छ । रूपेन्देही जिल्ला अहिले सम्म २ हजार १२ जनामा क्षयराेगकाे संक्रमण फेला परेकाे निर्देशनालयका डा. अच्युत शर्मा न्याैपानेले जानकारी दिनुभयाे । जस अनुसार दाङमा १ हजार ४ सय १५ जना, बाँकेमा १ हजार १ सय ८२ जना, कपिलबस्तुमा ९ सय ७८ जना, बर्दिया ७ सय ३०, पश्चिम नबलपरासी ५ सय २० जनामा क्षयराेगकाे संक्रमण देखिएकाे स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।
त्यस्तै पाल्पामा ३ सय ६३, अर्घाखाँची २ सय २५, गुल्मीमा २ सय ६३, प्यूठानमा ३ सय ८६, राेल्पामा ३ सय १२ र रूकुम पूर्वमा ५८ जनामा क्षयराेगकाे संक्रमण फेला परेकाे स्वास्थ्य निर्देशनालयले जनाएकाे छ । स्वास्थ्य निर्देशनालयकाे तथ्याङ्क अनुसार रूपन्देही पछि दाङमा संक्रमणकाे दर बढी देखिएकाे छ भने सबै भन्दा कम रूकुम पूर्वमा देखिएकाे छ । स्वास्थ्य संस्थामा गरिएकाे परिक्षण तथा शिविर सञ्चालन गरेर प्राप्त नतिजालाई आधार मानेर संक्रमणदर फेला परेकाे निर्देशनालयका डा. अच्युत शर्मा न्याैपानेले जानकारी दिनुभयाे ।
दाङकाे भालुवाङमा विश्व क्षयराेग दिवसकाे अवसरमा अन्तरक्रिया
यसैबीच दाङ-देउखुरीकाे भालुवाङमा विश्व क्षयराेग दिवस मनाईएकाे छ । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालयकाे आयाेजनामा क्षयराेगकाे अवस्था, नियन्त्रणका लागि गरिएका प्रयास र अगामी याेजना लगायतका बिषयमा सराेकारवाला निकायहरू संग अन्तरक्रिया कार्यक्रम गरी दिवस मनाईएकाे हाे ।
स्वास्थ्य निर्देशनालयका निर्देशक राेशनलाल चाैधरीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा बाेल्ने बक्ताहरूले क्षयराेग नियन्त्रणका लागि तीनै तहका सरकार अभियान बनाएर लाग्नु पर्ने बताएका छन् । उनीहरूले दिवस मात्र मनाएर नभई नियन्त्रणका लागि प्रदेशका १२ वटै जिल्लामा अभियान नै सञ्चालन गर्नुपर्ने सुझाब दिएका छन् ।
कार्यक्रममा बाेल्दै स्वास्थ्य मन्त्रालयका बरिष्ठ नर्सिङ्ग प्रशासक इश्वरी केसीले क्षयराेग नियन्त्रणका लागि प्रदेश सरकार मात्र नभई संघ र स्थानीय सरकार पनि लाग्नुपर्ने बताउनुभयाे । उहाँले क्षयराेगकाे बढ्दाे संक्रमण नियन्त्रणका लागि प्रदेश सरकारले याेजना बनाएर अघि बढ्ने बताउनुभयाे । उहाँले नयाँ संक्रमणदर राेक्न सञ्चार माध्यमले समेत आवश्यक भूमिका बढाउन आग्रह गर्नुभयाे । यस्तै कार्यक्रममा बाेल्दै स्वास्थ्य निर्देशनालयका निर्देशक राेशनलाल चाैधरीले क्षयराेग नियन्त्रणका लागि स्वास्थ्य निर्देशनालय संग आवश्यक बजेट र उपकरण नरहेकाे बताउनुभयाे । उहाँले बजेट र आवश्यक उपकरणकाे अभाबमा क्षयराेग नियन्त्रणका लागि ठाेस पहल गर्न नसकेकाे स्वीकार गर्नुभयाे । निर्देशक चाैधरीले अहिले सम्म क्षयराेग नियन्त्रणका लागि संघ सरकारकाे भर पर्नुपर्ने बाध्यता रहेकाे समेत बताउनुभयाे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य लिला शाह, बुटवल टुडेका बरिष्ठ समाचारदाता चुमा आचार्य, देउखुरी टुडे डटकमका अध्यक्ष तथा प्रधानसम्पादक सन्ताेषकुमार गुप्ता, गणतन्त्र नेपाल डटकमका कार्यकारी सम्पादक आलाेक भावुक लगायतका वक्ताले सुझाब सहितकाे भनाई राख्नु भएकाे थियाे । कार्यक्रममा १२ वटा जिल्लाका स्वास्थ्य कार्यालयका प्रमुखहरू, १२ वटै जिल्लाका फाेकल पर्सन र पत्रकारहरू गरी ५० जनाकाे सहभागिता रहेकाे थियाे ।
साे अवसरमा स्वास्थ्य निर्देशनालयका कन्सलटेण्ट कम्युनिटी डा.अच्युत शर्मा न्याैपानेले अहिले सम्म लुम्बिनी प्रदेशमा क्षयराेग संक्रमणकाे अवस्था, चुनाैती र अहिले सम्म संक्रमणदर घटाउन गरिएका प्रयास लगायका बिषयमा प्रस्तुतिकरण गर्नु भएकाे थियाे ।कार्यक्रमकाे सहजीकरण क्षयराेगका फाेकल पर्सद परशुराम पाेख्रेलले गर्नुभएकाे थियाे ।