सरला तिमल्सिनाको शब्दमा गायक बद्री सिटौलाले ल्याए ‘भोलि तिमीलाई रुन नपरोस्’

काठमाडौ, चैत्र ११ । तेजनेपाल

सरला तिमल्सिनाको शब्द तथा साजन पराजुलीको संगीत र गायक बद्री प्रसाद सिटौला र पार्वती कार्किको स्वरमा सजिएको बद्री लोकमालाको नयाँ प्रस्तुति लोक दोहोरी गीत ‘भोलि तिमीलाई रुन नपरोस्’ सार्वजनिक भएको छ । सुफिक्स मदनको लय एरेन्ज, गोबिन्द सोनीको मिक्सिङ्ग रहेको गीतलाई स्टुडियो एरिक डिजिटलमा रेकर्डिङ गरिएको छ ।

प्रेमी र प्रेमिकाले आआफ्नो भोगाईको कथालाई दर्शाईएको भिडियोमा कसैले प्रेममा पर्दा सम्पूर्ण चीज नै दिन्छु भनेको तर पछि नराम्रो धोका दिएपछि यस्तो चोट तिमीलाई नपरोस् भन्दै कामना गरिएको सन्देश्मुलक भिडियो बनाईएको छ ।

भिडियोमा बद्रीप्रसाद सिटौला, पार्वती कार्की, दिपक बस्नेत र मुस्कान घिमिरे लगायतको दमदार अभिनय रहेको छ । गीतको छायाँकन साजन पराजुली, निर्देशन बद्रीप्रसाद सिटौलाले गरेका छन् भने विष्णु शर्माको सम्पादन रहेको गीतको दृष्य निर्माण ई. नेपाल खबर प्रालिले गरेको हो ।

गीतले भने दर्शक र स्रोताको मन जित्ने निर्माण पक्षले अपेक्षा गरेको छ ।

यो गीत बद्री लोकमाला युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

About Tejnepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *