
गैर आवासिय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको नयाँ कार्यसमितिका लागि अमर पौडेलले एनसिसी पदका लागि न्यू साउथ वेल्स स्टेटबाट उम्मेद्धवारी दर्ता गराएका छन् । अष्ट्रेलियामा रहेका आम नेपाली युवाहरुमाझ लोकप्रिय, सहयोगी र मनकारी युवाका रुपमा आफ्नो छुट्टै छवी बनाउन सफल अमरको उम्मेद्धवारीले माहोल नै भिन्न बनाएको छ । अमरको यो निर्णयले अष्ट्रेलियाको नेपाली समाजमा सकारात्मक सन्देश प्रवाह गरेको सिड्नीमा बसोबास गर्दै आएका नेपाली युवाहरु बताउँछन् । निर्वाचनको पूर्व सन्ध्यामा हामीसँगको कुराकानीमा अमरले भने हिजोका अनुभव र आजको सक्रियता जोडेर, हामी सबैको सहभागितामा बलियो नेपाली डायस्पोरा निर्माण गर्नु अहिलेको आवश्यकता हो। सन् २०१६ मा विद्यार्थी भिषामा अष्ट्रेलिया प्रबेश गरेका अमरले आईओई इन्जिनियरिङमा स्नातक र अष्ट्रेलियाबाट सूचना प्रविधिमा स्नातकोत्तर गरेका छन् । हाल व्यवसायि इन्जिनियर र उद्यमीका रुपमा सिड्नीमा रहेर सिंगो अष्ट्रेलियामा रहेका नेपालीहरुमाझ लोकप्रियता कमाइरहेका अमर भोलीका दिनमा आँफु गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको नयाँ कार्यसमितिमा बसेर फरक र प्रभावकारी ढंगले काम गर्न चाहान्छन् ।
अमरले शिक्षा, आप्रवासन, ट्राभल र होस्पिटालिटी, रियल स्टेट र आईटी ट्रेनगं इन्स्टीच्यूट क्षेत्रका विभिन्न व्यवसायहरू अष्ट्रेलियाका विभिन्न राज्यहरू र विदेशसम्म सञ्चालन गरिरहेका छन्। विद्यार्थी जीवनदेखि नै अष्ट्रेलियामा रहेका नेपालीहरुलाई बसोबास, खानपान र आर्थिक सहयोगमा सहजीकरण गर्दै आएको अनुभव पनि उनको परिचय हो । निर्वाचनको पूर्वसन्ध्यामा अमरले अष्ट्रेलिया पुगेका बिद्यार्थीहरुलाई साथ सर्मथन गर्ने , अप्ठ्यारोमा परेका बिद्यार्थीलाई काउन्सिलिगं गर्ने, व्यापार व्यबसाय गर्न नसकिरहेकाहरुलाई सेमिनार मार्फत अघि बढ्ने हौसला दिने प्रतिवद्धता जनाएका छन् । अमरले सन्जीव गोर्खाली ढकालको प्यानलबाट उम्मेद्धवारी दिएका हुन् । २६ जुलाईमा एनआरएनए अष्ट्रेलियाको नयाँ कार्यसमितिका निर्वाचन हुँदैछ ।