२५औँ अन्तर्राष्ट्रिय फुलकन्ट्याक्ट प्रतियोगिता ‘लक्मल्स च्यालेञ्ज-२०२५’ मा नेपाललाई स्वर्ण पदक

कोलम्बो, साउन १३ । तेजनेपाल

श्रीलंकामा आइतवार आयोजित साउथ एसियनस्तरिय २५औँ अन्तर्राष्ट्रिय फुल कन्ट्याक्ट लक्मल्स च्यालेञ्ज २०२५ मा नेपाल क्योकुशिन सेईसिन काईकान कराँते संघबाट सहभागि नेपाली खेलाडी सनि सिंहले स्वर्ण पदक जित्न सफल भएका छन् ।

उक्त प्रतियोगितामा श्रीलंकाका खेलाडीसँग दुई राउण्ड ड्र भएर तेस्रो पटकको भिडन्तमा नेपाली खेलाडीले स्वर्ण पदक, ट्रफी तथा एक लाख नगद पुरस्कार हात पार्न सफल भएका छन् ।

नेपाल क्योकुशिन सेईसिन काईकान कराँते संघका अध्यक्ष तथा नेपाल प्रमुख शिहान अशोक कुमार श्रेष्ठको नेतृत्वमा नेपालका खेलाडी सहभागि भएको उक्त प्रतियोगिताको अफिसियलमा प्रशिक्षक रामशरण राणा, प्रशिक्षक सम्पूर्ण महर्जन तथा खेलाडी शनि सिहले सहभागिता जनाएका थिए ।

प्रतियोगिताको प्रमुख अतिथिमा वर्ल्ड कुमिट फेडेरेशनका उपाध्यक्ष तथा वर्ल्ड ब्याकुरेल काइकन कराते अर्गनाइजेसनका अध्यक्ष कान्चो सोशी सुगिहारा रहेका थिए । यो प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश तथा श्रीलंकाका खेलाडीहरुले सहभागिता जनाएका थिए ।

About Tejnepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *