
काठमाडौं , साउन १५ । तेजनेपाल
हिन्दु नारीहरुको महानपर्व हरितालिका तीज आउन केही हप्ता बाँकी भएसंगै तीजका गीतहरुको म्युजिक भिडियोहरु सार्वजनिक गर्ने क्रम निकै बढेको छ । यस्तैमा लोकप्रिय नायिकाहरु अन्जली अधिकारी,बिना राउत र जुना कार्की अभिनित मौलिक तीज गीत‘कतिमा राम्री ’को भिडियो सार्वजनिक भएको छ।
गीतकार डा.कृष्णहरि बरालको शब्द रचना ,हरि लम्सालको संगीत र गायिका माधवी अर्यालको स्वरमा रहेको गीतमा माइतीमा तीज मनाउदा हुने रमाइलो पक्षलाई चित्रित गरिएको छ।पछिल्लो समय आएका बिकृत र अश्लील खाले तीजको गीत बाट दिक्क भएका श्रोता, दर्शकका लागि यो गीत एउटा मौलीक र सन्देश मुलक हुने निर्माण पक्षको दाबी छ।
कुशल सिंहद्वारा एरेन्ज गरिएको गीतको भिडियोलाई गायिका माधवी अर्यालको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो केशव भट्ट निर्देशित भिडियोमा अजय रेग्मीको छायांकन र बिष्णु खड्काको सम्पादन रहेको छ। गायिका अर्यालको गत बर्ष पनि तीज गीत‘माइतै रमाइलो’
सार्वजनिक भएको थियो जसलाई दर्शकले अत्याधिक मन पराएका थिए ।