अञ्जु पन्त र कमल खत्रीको सुन भन्दा नि प्यारो सार्वजनिक

काठमाडौं, चैत्र ५ । तेजनेपाल

सुमधुर आवाजकी धनी अञ्जु पन्त र गायक कमल खत्री र हृदोय चन्दनको आवाजमा “सुन भन्दा नि प्यारो” बोल रहेको गीतको भिडियो सार्वजनिक भएको छ । गीत नेपाली र आसामी गरि दुई भर्जनमा प्रस्तुत गरिएको छ । गीतको शब्दमा आसामी भर्जनमा सोम फुकोन र नेपाली शब्द कमल खत्रीको रहेको छ भने संगीत पनि गायक खत्रीकै रहेको छ । गीतको संगीत संयोजन हृदोय चन्दन मिक्सिङ मास्टरिङ सास्वत श्रेष्ठको रहेको छ ।

कमल खत्री र खुशी कार्कीको अभियन देखिने भिडियोको निर्देशन सुरेन्द्र बसेलले गरेका छन । भिडियोको छाँयाकन तथा सम्पादन पवन सुस्लिङ, मेकअप सुवास तिमल्सिनाले गरेका छन ।

About Tejnepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *