दोलखा चरिकोटमा चैत्र ३१ देखि स्ट्रिट फुड फेस्टिवल हुने

दोलखा ,चैत ७ । तेजनेपाल

दोलखा चेम्बर अफ कमर्स र दोलखा जिल्ला होटल तथा पर्यटन व्यवसायी संघको संयुक्त आयोजनामा सदरमुकाम चरिकोटमा स्ट्रिट फुड फेस्टिवल २०८२ हुनेभएको छ।

नयाँ वर्ष २०८२ को अवसरमा दाेलखा चेम्बर अफ कर्मशले चैत ३१ गतेदेखि बैशाख २ गते  सम्म स्ट्रिट फुड फेस्टिवल गर्ने भएकाे हाे ।

महाभुकम्प, नाकाबन्दी ,काेभिडका कारण आर्थिक मन्दीबाट उठ्‌नै नसक्ने अवस्थामा रहेको व्यापार व्यवसायलाई थप चलायमान गराउने उद्देश्यले दोलखाको कृषि, पर्यटन, महिला उद्यम लगायत स्थानीय जातजातिको रैथाने खाना, परिकार तथा विविध लोपोन्मुख सांस्कृतिक क्षेत्रलाई उकास्न याे कार्यक्रम आयोजना गर्न लागिएको चेम्बरका अध्यक्ष  रूद्र जंग बुढाथोकीले पत्रकार सम्मेलनमा बताए । बुढाथोकी भन्छन”आन्तरिक तथा बाह्य पर्यटक भित्र्याई जिल्लाका धार्मिक तथा सांस्कृतिक पहिचान बोकेका पर्यटकीय स्थलहरूकाे अवलोकन  गराउने छाै।”

 जिल्लामा रहेका लोपोन्मुख जातजातिका रैथाने खानाको पहिचान तथा प्रवर्द्धनका साथै सांस्कृतिक झांकी प्रदर्शन गर्ने कार्यक्रम रहेको छ।  खानाको प्रतियोगिता, प्रदर्शनी र स्वाद परीक्षण, दर्शकलाई स्थानीय खानाका विविधता स्वादको अनुभव गराउनेछाै, बुढाथोकीले भने, “नेपाली माैलिक गीतमा नृत्य प्रतियोगिता, खाना प्रतियोगीता , लाेकदोहोरी  प्रतियाेगीता, स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको प्रत्यक्ष प्रस्तुति रहनेछ ।  

About Tejnepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *