हरर, थ्रिलर र एक्सनको सम्मिश्रण रहेको चलचित्र ‘डोरी’को ट्रेलर सार्वजनिक,

काठमाडौं, चैत्र ३ । तेजनेपाल

चैत १५ गते रिलिज हुने नेपाली चलचित्र ‘डोरी’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंको नयाँ बानेश्वरस्थित आइएनआइ सिनेमाजमा आयोजित एक समारोहका बीच सार्वजनिक गरिएको ट्रेलरमा हरर, थ्रीलर र एक्सन लगायत देख्न पाईन्छ ।

कथामा केही न केही सस्पेन्स देखिएको छ । ट्रेलर मार्फत खासै कथा केही नखुले पनि एउटा शक्तिमा केन्द्रित रहेको भन्ने भान कताकता हुन्छ । प्राय: सबै पात्रहरूलाई प्रस्तुत गरिएको ट्रेलर चलचित्रको शीर्षक वरपर घुमेको छ । यसमा डोरीलाई शक्ति रहेको स्थितिमा सबैले खोजी गरिरहेको देखाइएको छ । सोही क्रममा आइपर्ने घटनाक्रमहरू प्रमुख रूपमा उठान गरिएको छ भने पारिवारिक तथा सामाजिक व्यवधानहरू समेत ट्रेलरमा देखिन्छ । 

समारोहमा  लेखक, निर्देशक तथा प्रमुख कलाकार अरुण लामा, अभिनेत्री अञ्जना बराइली, अभिनेताहरू प्रवीण खतिवडा, शिशिर बाङ्देल, साजन श्रेष्ठ, बिरेन्द्र सिंह कुशवाहा, राज पौडेल, राज थापा, नूतन, शारदा अधिकारी, रामबाबु रेग्मी, सङ्गीतकार तथा गायक राजनराज शिवाकोटी लगायतको उपस्थिति थियो भने प्राविधिकहरूको पनि उपस्थिति थियो ।

About Tejnepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *