अभिनेता श्यामले जन्मदिनमा असहायलाई सहयोग गर्ने


कपिलवस्तु

१८ मंसिर, २०८१

तेजनेपाल

गायक एवं अभिनेता साथै युवा नेता समेत रहेका श्याम कुमार मिश्रले आज आफ्नो जन्मदिनको अवसरमा स्थानीय असहाय, दिनदुखीहरुलाई सकेको सहयोग गरेर मनाउने बताएका छन् ।
भोजपुरी पप गीतसंगीतमा छुट्टै पहिचान छ उनको । मिश्रले ‘गोरी तु तो बाटु रुपके खजना, देखा हम तो बाटी हो तोहरे दिवाना’ बोलको भोजपुरी पप गीतमा स्वर दिएका छन् ।
कपिलवस्तुको कृष्णनगर निवासी श्याम कुमार मिश्र भोजपुरी तथा नेपाली गीत, सङ्गीतको क्षेत्र र नेपाली चलचित्र क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल छन् । कलाकारितासँगै सामाजिक, राजनीतिक र व्यवसायलाई समेत सँगसँगै लिएर अगाडि बढिरहेका मिश्रले नालायक, देउता, किङ, ब्वाईफ्रेण्ड लगायतका चलचित्रमा अभिनय गरेका छन् ।

About Tejnepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *