गायक युवराज छन्त्यालको “बागलुङ बुर्तीवाङ्गमा” शुक्रवार सार्वजनिक हुँदै

काठमाडौ, तेजनेपाल

मंसिर २०, बिहिवार

चर्चित गायक युवराज छन्त्यालको पञ्चेबाजा गीत बाग्लुङ बुर्तीवाङ्गमा” गीत यहि शुक्रबार Yubarajchhantyalofficial युटुब च्यानल मार्फत सार्वजनिक हुने भएको छ । उनले आफ्नो दर्जनौं हिट गीत मार्फत दर्शक श्रोताको माया बटुलिसकेका छन । यस भिडियोबाट पनि उस्तै माया पाउने आश रहेको उनी बताउछन । गीतमा उनको आफ्नै शब्द र स्वर रहेको छ भने गीतमा उनलाई तिर्सना घर्ती मगरले स्वरमा साथ दिएकी छिन । गीतमा सुर्य खड्काको लय, कुमार थापाको एरेन्ज, रेकर्ड, मिक्सिङ रहेको छ । गीतलाई सुजन म्युजिकल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो।

भिडियोलाई शिवान पोखरेलले निर्देशन गरेका छन । भिडियोमा शिबान पोखरेल, अस्मिता राना, सारिका के सी, निर्मल क्षेत्री, उषा सुवेदी, गृवान बानिया, कुल बहादुर ओलि,भिम के सि लगायतको अभिनय रहेको छ । भिडियोको छाँयाकन सम्पादन ओम प्रसाई, मेकअप राकेश रानापहालीको रहेको छ ।

About Tejnepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *