गायक सीताराम पोखरेललाई विराटनगरमा अन्तर्राष्ट्रिय सम्मान

मंसिर १७, २०८१

काठमाडौ

नेपाली म्युजिक भिडियोका बादशाह सीताराम पोखरेललाई विराटनगरमा अन्तरराष्ट्रिय सम्मान प्रदान गरिएको छ। विगत तीन दशकदेखि निरन्तर नेपाली गीत–संगीतमा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा योगदान पु्र्याएवापत बादशाह पोखरेललाई शनिवार विराटनगरमा मैथिली एसोसेसन नेपालले अन्तरराष्ट्रिय सम्मान प्रदान गरिएको हो ।

विराटनगरको होटल स्वागतममा आयोजना गरिएको कार्यक्रममा नेपाल र भारतका कवि लेखक तथा कलाकारहरुको बाक्लो उपस्थितिमा बादशाह पोखरेलाई उक्त सम्मान प्रदान गरिएको थियो। मैथिली एसोसेसन नेपालका अध्यक्ष प्रविण नारायण चौधरीले मौथिली भाषा र संस्कृतिमा उल्लेखनीय योगदान दिने व्यक्ति विशेषहरुलाई विराटनगरमा पहिलो पटक अवार्ड सहितको सम्मान प्रदान गरिएको बताएका छन्। नेपालमै पहिलो पटक मोफसलबाट आयोजना गरिएको कार्यक्रम भएकाले अवार्ड कार्यक्रमलाई अझ व्यापक बनाउदै जाने धारणा चौधरीको थियो ।

सम्मान सहितको विशिष्ट अवार्डवाट अवार्डेड नेपाली म्युजिक भिडियोका बादशाह बरिष्ठ गायक पोखरेलले आम दर्शक र स्रोताको कारणबाट आफू अझ सुगम संगीतमा अगाडि बढ्न हौसला मिलेको प्रतिक्रिया दिएका छन्। पोखरेल नेपाल आयल निगमका पूर्व निर्देशक एवम् प्रवक्ता तथा हाल रेडियो नेपाल संचालक समितिका बोर्ड सदस्य समेत हुन्।

About Tejnepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *