हाल जापानमा बसोबास गर्दै आएका नेपाली स्रष्टा युनिश अधिकारी र कपिल पन्थीको सहकार्यमा तयार पारिएको नयाँ सांगीतिक कोसेली ‘परदेशीको तीज’ सार्वजनिक भएको छ। परदेशको व्यस्त जीवन र जन्मभूमिबाट टाढा रहँदा तीजको समयमा पोखिने मनको वेदनालाई गीतमा मुख्य विषय बनाइएको छ।

भ्वाइस क्रिएसन स्टुडियोमा रेकर्ड गरिएको यस गीतमा गायक विक्रम शर्माका साथै गायिकाद्वय अञ्जिता विश्वकर्मा र सरु पौडेलको मर्मस्पर्शी स्वर सुन्न सकिन्छ। गीतका शब्द कपिल पन्थीले रचना गरेका हुन् भने संगीत तथा हुकलाइन युनिश अधिकारीको रहेको छ। गीतको संगीत संयोजन (एरेन्ज) कृष्ण लामिछानेले गरेका छन्।

रोशन रेग्मीको निर्देशनमा तयार भएको भिडियोमा अन्जिला रेग्मी र स्वयं निर्देशक रोशन रेग्मीको सशक्त अभिनय रहेको छ। परदेशी जीवनको यथार्थ र मौलिकतालाई समेटेर तयार पारिएको यो तीज गीत विक्रम शर्माको आधिकारिक युट्युब च्यानलमार्फत बजारमा ल्याइएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *