काठमाडौं २५ साउन । तेज नेपाल

नेपाली मौलिक तीज संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित गायिका पुनम बस्यालको नयाँ तीज गीत ‘बाबाको पियारी छोरी’ सार्वजनिक भएको छ । गीत पुनम बस्यालको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

आधुनिकताको प्रभावसँगै मौलिक तीज गीत तथा परम्परागत संस्कृति ओझेलमा पर्दै गएको अवस्थामा सार्वजनिक गरिएको यस गीतले तीजको वास्तविक भावना, माइतीको माया, साथी संगीको सम्झना तथा बाल्यकालका मिठा यादहरूलाई जीवन्त रूपमा प्रस्तुत गरेको छ ।
गीतमा पुनम बस्यालकै स्वर, शब्द तथा संगीत रहेको छ । सुन्दर लामाले एरेन्ज गरेका छन् भने खेम थापाले मिक्स तथा मास्टरिङ गरेका हुन् ।
भिडियोमा लोकप्रिय हास्य कलाकार सुरबीर पण्डित ‘दारी बा’ सहित यशु भट्टराई, सृजना तामाङ, आराध्या, हुमा भण्डारी र देवी हमालको अभिनय रहेको छ । भिडियोमा हरिश महराको छायांकन, नविन घर्ती मगरको सम्पादन तथा कलर गरेका छन् भने निर्देशन कमान सिंह दोङ तामाङको रहेको छ ।

निर्माण पक्षका अनुसार ‘बाबाको पियारी छोरी’ मा नेपाली समाजको मौलिक संस्कृति, तीज पर्वको महत्व तथा बाबु–छोरीबीचको आत्मीय सम्बन्धलाई ठेट नेपाली शब्द र भावनाका माध्यमबाट प्रस्तुत गरिएको छ । विशेषगरी माइतीघर, बालापन र तीजसँग जोडिएका पुराना सम्झनालाई गीतले भावनात्मक रूपमा समेटेको छ ।

गायिका पुनम बस्यालले मौलिकताको संरक्षण र नेपाली लोकसंस्कृतिको प्रवद्र्धन नै आफ्नो मुख्य उद्देश्य रहेको बताउँदै मौलिक सिर्जनालाई श्रोता तथा दर्शकले साथ दिन आग्रह गरेकी छन् । मौलिक तीज गीतको स्वाद खोजिरहेका संगीतप्रेमीका लागि समेत यो गीत विशेष बन्ने विश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *