समाचार

कोलम्बो, साउन १३ । तेजनेपाल श्रीलंकामा आइतवार आयोजित साउथ एसियनस्तरिय २५औँ अन्तर्राष्ट्रिय फुल कन्ट्याक्ट लक्मल्स च्यालेञ्ज २०२५ मा नेपाल क्योकुशिन सेईसिन काईकान कराँते संघबाट सहभागि नेपाली खेलाडी सनि सिंहले स्वर्ण पदक जित्न सफल भएका छन् । उक्त प्रतियोगितामा श्रीलंकाका खेलाडीसँग दुई राउण्ड ड्र भएर तेस्रो पटकको भिडन्तमा नेपाली खेलाडीले स्वर्ण पदक, ट्रफी तथा एक लाख नगद पुरस्कार हात पार्न सफल भएका छन् । नेपाल क्योकुशिन सेईसिन काईकान कराँते संघका अध्यक्ष तथा नेपाल प्रमुख शिहान अशोक कुमार श्रेष्ठको नेतृत्वमा नेपालका खेलाडी सहभागि भएको उक्त प्रतियोगिताको अफिसियलमा प्रशिक्षक रामशरण राणा, प्रशिक्षक सम्पूर्ण महर्जन तथा खेलाडी शनि सिहले सहभागिता जनाएका थिए । प्रतियोगिताको प्रमुख अतिथिमा वर्ल्ड कुमिट फेडेरेशनका उपाध्यक्ष तथा वर्ल्ड ब्याकुरेल काइकन कराते अर्गनाइजेसनका अध्यक्ष कान्चो सोशी सुगिहारा रहेका थिए । यो प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश तथा श्रीलंकाका खेलाडीहरुले सहभागिता जनाएका थिए ।
भक्तपुर, साउन १२। तेजनेपाल सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित गडेधारा टोलमा अवस्थित घट्टेखोलाको नयाँ पुल सूर्यविनायक नगरपालिकाका वडा नं....
ग्वान्जाओ (चीन)- लोकप्रिय गायक आशिष सचिन यतिबेला चीनमा छन् । चीनको ग्वान्जाओमा आइतवार जारी गैर आवासीय नेपाली...
काठमाडौं, साउन ११ । तेजनेपाल लोकप्रिय गायक डेभिड शंकरले आफ्नो जन्मदिनको पावन अवसर पारेर तीज गीत श्रोता/दर्शकमाझ...
काठमाडौँ,साउन ११ । तेजनेपाल हरितालिका तीज नजिकिँदै गर्दा नेपाली संगीत बजारमा तीजका नयाँ नयाँ गीतहरू सार्वजनिक हुने...
काठमाडौं १० साउन । तेजनेपाल लोकप्रियता कमाउन अनेक प्रयोग गर्नेहरूका बीचमा कोरियोग्राफर दिपेश एसके नामले होइन, आफ्नै...