
काठमाडौ, साउन २० । तेजनेपाल
काठमाडौं २० साउन । कालीदेवी मिडिया हाउसद्वारा आयोजित ‘कालिदेवी अन्तर्राष्ट्रिय फिल्म एण्ड म्युजिक अवार्ड जापान २०८२’ चलचित्र बिकास बोर्ड चबहिलमा एक कार्यक्रमको आयोजना गरि ग्राण्ड फाइनल सम्पन्न भएको छ । प्रतिस्पर्धी १२५ जना माध्ये ३१ जनाले अवार्ड हात पर्न सफल भएका थिए । संगीता तितुङको सभापतित्व, माननिय रुपा बिकको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमका विशेष अतिथिको रूपमा तामाङ चलचित्र संघका केन्द्रिय अध्यक्ष दिपाक तामाङ, राष्ट्रिय तामाङ घेदुङका अध्यक्ष बीर बहादुर योञ्जन, प्रहरी अतिरिक्त महानिरिक्षक टेक ब. तामाङ, तामाङ चलचित्र संघ प्रमुख सल्लाहकार कुमार मोक्तान, अभिनेता पल शाह, राष्ट्रिय संगीतकर्मी संघ बागमती प्रदेशका अध्यक्ष तथा नायक दावा फिन्जो तामाङ, हिमालय पञ्चसिद्धि वोनतन्त्र साधना केन्द्रका अध्यक्ष सुरज खड्का, वरिष्ठ गायक प्रेम लोप्चन रहेका थिए भने अन्य अथितिहरुमा हरि सिंह राईखोला, फुर्बा दोर्जे मोक्तान, चाँदनी मोक्तान, भगवती मोक्तान, रबि तामाङ, रुपेश तामाङ थिङ, शरदा गिरी ‘काली आमा’, सुनिता परियार, हरिचन्द्र फुयाल, जीवन परियार, दिपु तामाङ, जगत तामाङ, अमुल्य राना मगर, नारायण घिमिरे, हरि प्रसाद घिमिरे लगायत अन्य थुप्रै संघसंस्थाका व्यक्तित्वहरु र पत्रकारको उल्लेखनीय उपस्थिति रहेको थियो ।
दुई दर्जन भन्दा बढी कलाकारहरुलाई कालिदेवी मिडिया हाउसले सम्मान तथा अवार्ड प्रदान गरिएको कार्यक्रममा यस बर्षका उत्कृष्ट अवार्ड हात पर्न सफल ब्यक्तित्वहरुमाः कमल रुम्बा, उत्कृष्ट तामाङ फिल्म खलनायक ‘पुरुष’, सुनिल ब्लोन, उत्कृष्ट तामाङ सेलो नव मोडल ‘पुरुष’ डम्फु है बजाइदेउ च्याङ्बा, विक्रम थोकर उत्कृष्ट तामाङ लभ गीत मोडल ‘पुरुष’ चु माया, कल्पना वाइबा तामाङ, उत्कृष्ट तामाङ फिल्म नायिका ‘महिला’ नाना आङा, सबिन लिम्बु, उत्कृष्ट नेपाली टेलिसरियल नव कलाकार ‘पुरुष’ दिमाग खराब, लीलाराज बानिया, उत्कृष्ट नेपाली लाब गीत शब्दकार ‘पुरुष’ बधा मायाले, नुर्बु तामाङ, उत्कृष्ट तामाङ फिल्म अभिनेता ‘पुरुष’ ग्याल्बो राजा, अञ्जु ब्लोन, उत्कृष्ट स्याड गीत नव मोडल ‘महिला’ ख्लासि निजी, सुनिल थोकर, उत्कृष्ट सेलो दोहोरी गायक ‘पुरुष’ ङा खाजी मैदान रि, जय स्याङ्तान, उत्कृष्ट तामाङ फिल्म नायक ‘पुरुष’ नाना आङा, डोलमा लामा मोक्तान, उत्कृष्ट तामाङ फिल्म निर्माता ‘महिला’ तामाङ्ला कोला, अञ्जु बैजु, उत्कृष्ट नेपाली टेलि सिरेल नव कलाकार ‘महिला’ जीवनसाथी, रुपेश लामा, उत्कृष्ट तामाङ सेलो गायक ‘पुरुष’ मैच्याङको गाला रातोरातो, जोगलाल तामाङ, उत्कृष्ट तामाङ स्याड गीत गायक ‘पुरुष’ थारेङ तामाङ, उत्तर लामा, उत्कृष्ट नेपाली गायक र्यापर ‘पुरुष’ तामाङ सेलोमा डिजे बजाउ, कमला श्रेष्ठ केसी, उत्कृष्ट नेपाली टेलिसियल कलाकार ‘महिला’ ज्याद्रो, विज्ञान लामा दोङ,उत्कृष्ट तामाङ स्याड गीत शब्दकार ‘पुरुष’ थारेङ्तामा, श्याम माया गुरुङ, उत्कृष्ट नेपाली फिल्म नायिका ‘महिला’ रामसाइली, विक्रम योञ्जन, उत्कृष्ट तामाङ दोहोरी गीत शब्दकार ‘पुरुष’ टकटक लेरप्प, निमा लामा तामाङ, उत्कृष्ट तामाङ फिल्म निर्देशक ‘पुरुष’ मायाला घ्रान,,उत्तर लामा, उत्कृष्ट तामाङ शब्दकार र्याप गीत ‘पुरुष’ तामाङ सेलोमा डिजे बजाउ, निङ्मार तामाङ घिसिङ, उत्कृष्ट तामाङ सेलो शब्दकार ‘पुरुष’ दार्सेला छामे ब्योन, पराङ्वा तामाङ, उत्कृष्ट सेलो गायक ‘पुरुष’ सिमसिम पानी परेको, सीताराम गोले, उत्कृष्ट तामाङ नव नायक ‘पुरुष’ नाना आङा, राकेश श्रेष्ठ, उत्कृष्ट नेपाली काँठे दोहोरी मोडल ‘पुरुष’ हाँसखेल गर्दै गराउँ रमाइलो, कर्सङ लामा, उत्कृष्ट नेपाली खान्दोके गायक ‘पुरुष’ आशाना सर्द, सुरज शर्मा र सुनिता भट्टराई, उत्कृष्ट नेपाली संगीतकार, रुजेको परेली, मेकबहादुर गुरुङ, उत्कृष्ट नेपाली टेलिसिरियल निर्देशक ‘पुरुष’ भोत अब, सुकराम तामाङ स्याङतान, उत्कृष्ट नेपाली टेलिसिरियल कलाकार ‘पुरुष’ जीवनसाथी, दिलकुमारी तामाङ, उत्कृष्ट मेन्दोमाया गीत ‘महिला मोडल’ सेमजोङला छामे, कुमार लामा मोक्तान, उत्कृष्ट तामाङ फिल्म ‘नायक’ दोर्जे डन ब्याक अगेन रहेको छ ।