कटुञ्जे गडेधारास्थित घट्टेखोलाको नयाँ पुल उद्घाटन


भक्तपुर, साउन १२। तेजनेपाल

सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित गडेधारा टोलमा अवस्थित घट्टेखोलाको नयाँ पुल सूर्यविनायक नगरपालिकाका वडा नं. ५का वडाध्यक्ष राजकुमार जोशीको प्रमुख आतिथ्यतामा पूर्व न्यायाधिस विनोद शर्माले उद्घाटन गर्नुभएको छ । गतअसार महिना वर्षाको समयमा भाँचिएको उक्त पुल सूर्यविनायक नगरपालिका वडा नं.५ले ४ लाख बजेट छुटाए लगत्तै १ हप्तामै पुल निर्माण गरी स्थानीयबासीलाई आवतजावतमा सहजता भएको वडाध्यक्ष राजकुमार जोशीले बताउनुभयो । उहाँले नगरपालिका, वडा र प्रदेशदेखि बजेट पारित भई यस घट्टेखोलामा करिडोर निर्माण हुँदैछ र यो पनि समयमै निर्माण सम्पन्न हुने विश्वास राखेको बताउँदै यस गडेधारा टोलमा महिला दिदीबहिनीहरुलाई महिला उद्यमशीलता तालिम दिने र सिसिटिभी क्यामरा पनि चाँडै जडान गर्ने जानकारी दिनुभयो ।
त्यस्तै पूर्व न्यायाधिस विनोद शर्माले नयाँ पुल निर्माण गर्नका निमित्त वडाध्यक्ष, टोलबासीको लगनशीलता उदाहरणीय रहेको बताउनुभयो । उहाँले उपस्थित सम्पूर्ण टोलबासीहरुलाई आपसी समझदारी र वडाको हरेक कार्यमा साथ दिएकोमा धन्यवाद व्यक्त गर्दै आफूले पनि आफ्नो तर्फबाट यस गडेधारा टोललाई सदैव साथसहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
उद्घाटन समारोहमा समाजसेवी अनिता पाण्डे, युवराज घिमिरे, वडा सदस्य एवं टोलबासीहरुको उपस्थिति रहेको थियो भने पुल निर्माण कार्यमा आफ्नो योगदान दिनुहुने व्यक्तित्वहरुलाई खादा लगाएर सम्मान पनि गरिएको थियो ।

About Tejnepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *