सुलोचना मानन्धर जरिमैयाँ साखः लुमन्ति सिरपाद्वारा सम्मानित

भक्तपुर, साउन १२ । तेजनेपाल

नेपालको अग्रणी साहित्यिक संस्था नेपाल साहित्य मन्दिर, भक्तपुरले विगत १५ वर्ष देखि निरन्तर रूपमा प्रदान गर्दै आईरहेको जरिमैयाँ साखः लुमन्ति सिरपा (स्मृति पुरस्कार) यो वर्ष वरिष्ठ साहित्यकार सुलोचना मानन्धरलाई भक्तपुरको सिद्धपोखरी पार्टी प्यालेस, दुधपाटी, भक्तपुरमा नेपाल साहित्य मन्दिरको आयोजनामा सम्पन्न एक विशेष कार्यक्रममा प्रदान गरिएको हो । सोही समारोहमा वरिष्ठ सिनेकर्मी एवम् साहित्यकार विजय रत्न असंवरेलाई कुमार साखः हपाः सिरपा पनि प्रदान गरिएको छ । नेपाल साहित्य मन्दिरका अध्यक्ष एवम् नेपाल प्रज्ञा परिषद सदस्य त्रैलोक्य मान बनेपालीको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल साहित्य मन्दिरका संस्थापक एवम् वरिष्ठ साहित्यकार तिलक प्रकाश कायष्थले जरिमैयाँ साखः स्मृति पुरस्कार र कुमार साखः प्रोत्साहन पुरस्कारको स्थापना र औचियतामाथि प्रकाश पार्दै सोही पुरस्कार वितरणले नेपालभाषाका थुप्रै महिला साहित्यकारको जन्म भएको बताउनुभयो । त्यसैगरी अतिथिहरू क्रमशः समाजसेवी कृष्णलाल प्रधान, नेपालभाषा एकेडेमीका सचिव महेन्द्र गोपाल कर्माचार्य, सम्मानित व्यक्तित्वहरू सुलोचना मानन्धर र विजयरत्न असंवरेले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
नेपाल साहित्य मन्दिरका सचिव हरिशरण शर्मा राजोपाध्यायको प्रस्तुतिकरणमा सदस्य रामनारायण प्रजापतिले उपस्थित सम्पूर्ण गन्यमान्य तथा साहित्यिक व्यक्तित्वहरूलाई स्वागत गर्नुभयो भने अर्का सदस्य उत्तम नारायण मल्लले कृतज्ञता ज्ञापन गर्नुभयो ।
पुरस्कार वितरणको अलावा साहित्यिक माहौलको सम्मिश्रण भएको उक्त समारोहमा नारी कविहरू प्रतिसरा सायमी, सुलोचना सैंजु, हिसिलिना शाक्य, रेजिना नकःमि मानन्धर, विनिता शाक्य, विना नेमकुल, मञ्जु श्रेष्ठ, दिव्या बज्राचार्य, विमला मानन्धर, मिलन शाक्य, पूर्णिमा शाक्य र रिता महर्जनले कविता वाचन, मिमिला शर्माले लघुकथा वाचन र गुहेश्वरी शाक्यले स्वागत गीत गाउनुभएको थियो ।

About Tejnepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *