काठमाडौ, कार्तिक २२ । तेज नेपाल

विनोद रसाइली र अञ्जली अधिकारी अभिनित ‘मनमा भाको भाग्यमा नभाको’ गीत सार्वजनिक भएको छ।

अमर ओलीको निर्देशनमा तयार पारिएको यस गीतको भिडियोमा मोडल विनोद रसाइली, अञ्जली अधिकारी र राज टाइगरको जीवन्त अभिनय देख्न पाइनेछ।

गीतमा सरोज लामिछाने र श्रद्धा रसाइलीको स्वर रहेको छ। गीतमा शब्द र संगीत स्वयम् सरोज लामिछानेको नै रहेको छ । गीतको संगीत संयोजन राम कृष्ण थापा र सुरेश बानियाँले गरेका छन्।

प्रकाश खड्काको छायांकन, मनोज कार्कीको सम्पादन तथा रङ संयोजन रहेको यस भिडियोको नृत्य निर्देशन स्मृती तिमिल्सिना ‘गुरुआमा’ ले गरेकी छन्। भिडियोको पोशाक डिजाइन ‘गुरुआमा’ र श्रृंगार सरोज न्यौपानेले गरेका हुन ।

सदिक्षा फिल्म्सको निर्माणमा तयार भएको यो गीत सरोज लामिछाने (Saroj Lamichhane) नामक आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ। साथै गीत स्पोटिफाई, भाइबर, टिकटक, एप्पल म्युजिक, आइट्युन्स, सावन, अमेजन म्युजिक, र गाना लगायतका प्रमुख डिजिटल प्लेटफर्महरूमा पनि उपलब्ध हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *